तुलसीपुर बजार शनिवार नखुल्ने

 कार्तिक २६, २०७८

तुलसीपुर । तुलसीपुर बजार क्षेत्रका पसल भोलि देखी शनिवार बन्द हुने भएका छन् । हरेक हप्ताको शनिवार बन्द हुदै आएका बजार क्षेत्रका पसल, व्यवसाय र उद्योग चाडपर्वको समयमा खुल्ला हुने गरेका थिए । तुलसीपुर उद्योग बाणिज्य संघले यस अघि चाडपर्वलाई लक्षित गदै गत भदौ देखी शनिवार पनि बजार खुला गरेको थियो । तर नेपालीहरुको महान चाडपर्वहरु सकिएको हुदा भोली देखी लागु हुने गरी अब हरेक हप्ता शनिवार बजार बन्द हुने उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिनुभयो ।

बजार क्षेत्रका पसल, व्यवसाय, कलकारखाना तथा उद्योगहरु शनिवार बन्द गर्ने निर्णय भएको उहाले जानकारी दिनुभयो । पसल र उद्योगहरुमा कार्यरत मजदुरहरुको मागलाई पनि मध्यनजर गर्दै अब देखी शनिवार बजार बन्द हुने निर्णय भएको संघका अध्यक्ष चालिसेले जानकारी दिएका छन् ।।

तपाईंको प्रतिक्रिया