दाङमा थप ७८ जनाले कोरोना जिते

 जेठ १७, २०७८

तुलसीपुर ।

दाङमा वितेको २४ घण्टामा थप ७८ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र घोराहीका अनुसार जिल्लामा ७८ जना संक्रमित निको हुदा ४३ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेमा घोराहीका २० जना, तुलसीपुरका १५ जना, लमही,शान्तीनगर र दंगीशरणका एक/एक जना , राप्ती गाउँपालिकामा २ जना र बबई गाउँपालिकामा ३ जना रहेको केन्द्रले जनाएको छ ।

यो संगै जिल्लामा बैशाख यता संक्रमित हुनेको संख्या ७ हजार २८ पुगेको छ । जसमा ५ हजार ८ सय ४४ जना संक्रमण मुक्त भएका छन् भने १ हजार ६१ अझै सक्रिय संक्रमित रहेका छन् । ती सक्रिय संक्रमित मध्ये ९२९ जना होम आईसोलेसनमा र १३२ जना विभिन्न कोरोना अस्पतालमा उपचाररत छन् ।

तपाईंको प्रतिक्रिया