सांसद अपहरण प्रकरण: प्रहरीले सरकारी वकिल कार्यालयमा बुझायो प्रतिवेदन

 जेठ ०४, २०७७

काठमाडौं, ४ जेठ

प्रहरीले समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । गत शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। आइतबार उक्त अनुसन्धान प्रतिवेदनको अध्ययन गरी थप निर्णय हुने सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख हरि रेग्मीले जानकारी दिए ।

प्रहरीले सांसद यादवले विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्तासहित अन्य अडिओ/भिडिओ रेकर्ड प्रमाणको रूपमा प्रस्तुत गरेको छ। वैशाख २२ गते पूर्वमन्त्री तथा नेकपाका सासंद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध सांसद यादवले सरकारी वकिल कार्यालयमा उजुरी दिएका थिए । त्यसअघि वैशाख १४ गते महानगरीय प्रहरी परिसर काठमाडौंले महोत्तरीको घटना भन्दै जाहेरी लिन मानेको थिएन। 

खनाल, बस्नेत र श्रेष्ठले वैशाख १० गते सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएको आरोप लगाएका थिए। पूर्वआइजिपी खनाल र पूर्वमन्त्रीसमेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गर्दै आएका छन्।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6

लोकप्रिय