नाम मात्रैका क्वारेन्टाईन नबनाऔं

 जेठ ०८, २०७७

तुलसीपुर,८ जेठ ।
केहि दिन यता नेपालमा पनि कोरोना भाईरस संक्रमित संख्या बढ्दै गएको छ । विश्वमा नै महामारीका रुपमा फैलिएको कोरोनाको जोखिम नेपालमा बढ्दै जान थालेको छ । नेपालमा हाल सम्म २ जनाको ज्यान गईसकेको छ । संक्रमतिको संख्या ४ सय ४४ पुगेको छ । विषेश गरि छिमेकि देश भारत संग सिमाना जोडिएका क्षेत्रमा कोरोनाका संक्रिमित देखिएका छन । बाँकेमा सबैभन्दा बढि संक्रमित देखिदा उनिहरु भारत बाट आएकाहरु हुन ।

रोजगारका सिलिसिलामा भारतमा गएकाहरु अहिले फर्किने क्रम चलिरहेको छ । उनिहरु दैनिक जसो नाका क्षेत्रबाट आईरहेका छन । यसले अझ जोखिम बढेको छ । बुधवार मात्रै बांकेको जमुहनाह नाकाबाट एक हजार बढि नेपाली भित्रिएका छन । भारतबाट नेपाल आएकामा कर्णाली प्रदेशका १० जिल्लाका तथा प्रदेश नं ५ का बाँके, बर्दिया, दाङ र प्युठानका एक हजार ३ सय २५ जना छन् । सबैभन्दा धैरै दैलेखका ५०१ जना छन् । अव उनिहरु लाई कँहा राख्ने ? अहिलेको मुख्य चुनौती नै यहि हो । भएका क्वारेन्टाईन थोरै बेडका छन ।

कतिपय भएकाहरु पनि गञ्जागोल हुदा झनै जोखिम निम्तीने अवस्था छ । यहि जोखिमलाई मध्यनजर गरि दाङका सवै पालीकामा क्षमता बढाउने निर्णय भैसकेको छ । यसका लागि जिल्लाका सबै पालीकाले तयारी थालि सकेको छन । कपिय वडामा समेत क्वारेन्टाईन बनाईएको छ । अव यी क्वारेन्टाईनको क्षमता सगैं मापदन्ड समेत पुरा हुनुपर्छ ।

हरेक टोलमा भारतबाट आईरहेको अवस्थामा वडा स्तरमा बनेका क्वारेन्टाईन नाम मात्रैका नभई हरेक दृष्टिकोणले सुरक्षित खालको बनाईनुपर्छ । यसका साथै भारतबाट आएका नेपालीहरुलाई क्वारेन्टाईन सम्म बस्नका लागि प्रेरीत गर्न सबैले भुमिका खेल्नुपर्ने देखिन्छ ।

तपाईंको प्रतिक्रिया