तुलसीपुरमा एक युवक मृत भेटिए
तुलसीपुर,१७ जेठ ।
दाङ तुलसीपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन । उपमहानगरपालिका– ९ मैनामगर निबासी २८ बर्षका मन्दिप भुजेल मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । अटोभिलेज देखि उत्तर तर्फ ज्ञानज्योति आधारभुत विद्यालयको भवन पछाडी भुजेल आज बिहान मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले भुजेलको गएराति हत्या भएको हुनसक्ने आसंका गरेको छ । प्रहरी निरीक्षक चक्र डम्बरपालको नेतृत्वमा घटना स्थल पुगेको प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको छ ।
तपाईंको प्रतिक्रिया