भारतमा एकैदिन ५४ हजार बढि संक्रमित थपिए

 साउन १८, २०७७

तुलसीपुर,१८ साउन ।

भारतमा कोरोना सङ्क्रमितको संख्या साढे १७ लाख नाघेको छ । दिन प्रतिदिन ५० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५४ हजार ७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै भारतमा कोरोना सङ्क्रमितको संख्या १७ लाख ५४ हजार १ सय १७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ८ सय ५३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३७ हजार ४ सय १५ पुगेको छ । यस्तै भारतमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ११ लाख ४५ हजारभन्दा बढी स्वस्थ भइसकेका छन् ।

तपाईंको प्रतिक्रिया