वितेको २४ घण्टामा नेपालमा कोरोनाबाट आठ जनाको मृत्यु
तुलसीपुर,२८ साउन ।
कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा देशभर आठ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा मात्र पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार टेकुका ७८ वर्षका महिलाको आज बिहान किस्ट हस्पिटलमा मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिकाका ७१ वर्षका पुरुषको मेडिसिटी अस्पतालमा आज मृत्यु भएको छ ।
जनकपुर उपमहानगरपालिकाकै ३८ वर्षका महिलाको पाटन अस्पतालमा आज बिहान ज्यान गएको हो । यसैगरि बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षका पुरुषको किस्ट अस्पतालमा मृत्यु भएको छ । मोरङको बुढिगंगा नगरपालिकाका ५५ वर्षका महिलाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ भने सप्तरीको डाक्रेश्वरी नगरपालिकाका ७२ वर्षका महिला र कपिलबस्तु नगरपालिकाका ४२ वर्षका पुरुषको पनि पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोना कारण ९१ जनाको मृत्यु भएको छ ।
तपाईंको प्रतिक्रिया