दाङमा साँझ ७ बजेदेखि विहान ५ बजेसम्म निषेधाज्ञा

 साउन ३०, २०७७

तुलसीपुर,३० साउन ।

कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गतेदेखि आठ गतेसम्म राती पूर्णरुपले बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रवार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले यही भदौ एक गतेदेखि आठ गतेसम्म साँझ सात बजेदेखि विहान पाँच बजेसम्मका लागि निशेषज्ञा जारी गरेको छ । वैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघलगायतको उपस्थितिमा बसेको वैठकले चाडपर्वको नाममा समाजमा बढि रहेको भिडभाडलाई कम गर्नका लागि जतिसुकै समयमा हुने नाँचगान, भेला, गोष्ठी, सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाउने, मठमन्दिरमा हुने दैनिक नृत्यकर्म बाहेक अन्य सबै खाले पूजापाठलाई बन्द गर्ने निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6

लोकप्रिय