भेला तथा भिडभाड नगरी तीज मनाउन आग्रह

 भदौ ०५, २०७७

तुलसीपुर,५ भदौ ।

हरितालिका तीज पर्वको अवसरमा बबई गाँउपालीकाकि उपाध्यक्ष सावित्रा विश्वकर्माले शुभकामना ब्यक्त गरेकि छिन । उपाध्यक्ष विश्वकर्माले सम्पुर्ण आमा दिदी बहिनीहरुमा सबैखाले हिंसाबाट मुक्त हुँदै सुख, शान्ती, स्वतन्त्रता, राजनितिक चेतनाको बिकास होस भनि शुभकामना ब्यक्त गरेकि हुन ।

साथै विगतको जस्तो परीस्थिती नभएको हुदा घरभित्रै सुरक्षित तवरले तीज मनाउन उनले आग्रह समेत गरेकि छिन । कोरोना महामारीका कारण जोखिम कायमै भएकोले भेला,भिडभाड नगरी आफन्तजनमा खुसी साट्दै पर्व मनाउन गाँउपालीका बासिमा उनको सुझाव रहेको छ ।

तपाईंको प्रतिक्रिया