दाङमा बैंकका कर्मचारी सहित १४ जनामा देखियो कोरोना

 भदौ ०८, २०७७


तुलसीपुर,८ भदौ ।

दाङमा आज १४ जना कोरोना संक्रमित थपिएका छन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा शान्तीनगर गाउँपालिकाका ११ जना र घोराहीका ३ जना गरी १४ जनाको रिर्पाेट पोजेटिभ आएको प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । आज गरिएको परीक्षणमा अन्य ५५ जनाको रिपोट नेगेटिभ आएको छ ।

शान्तीनगर गाउँपालिकाबाट संकलित ४० जनाको स्वाव पिसिआर विधिबाट परिक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो । जसमा ४ पुरुष र ७ महिला रहेका छन् । वडा नम्वर ३ का ३० बर्षिया एक महिला , वडा नम्वर ४ का ५, ९, २४, २७, ३१, ४० र ४२ बर्षिया महिला र ३४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै वडा नम्वर ५ का १८, ४० र ४२ बर्षका तिन पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

यस्तैगरी प्रतिष्ठानको क्लिनिकबाट संकलन गरिएको ८ जनाको स्वाव परिक्षण गर्दा घोराही १४ का २८ बर्षिय एक पुरुष, वडा नम्वर १५ का १५ वर्षका एक पुरुष र २७ बर्षिया एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरु घोराही स्थित लक्ष्मी बैंकका कर्मचारी भएको जनाईएको छ । उक्त बैंक अहिले बन्द गरिएको छ ।

तपाईंको प्रतिक्रिया