आईतबारदेखि एक साता लकडाउन

 भदौ १२, २०७७

दाङ १२ भदौ ।

दाङमा पर्सि आईतबारदेखि एक सातासम्म लकडाउन हुने भएको छ । कोभिड १९ विपद् ब्यवस्थापन समतिको आज बसेको बैठकले पर्सि  राती १२ बजे देखि एक सातासम्म पूर्णरुपमा निशेधाज्ञा गर्ने निर्णय गरेको छ । 

कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेपछि जिल्लामा लकडाउन गर्नेे जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो । उहाका अनुसार भदौ २१ गतेसम्म लकडाउन जारी रहने छ । लकडाउनका बेला अत्यावश्यक काम बाहेकका अनावश्यक भिडभाड हुने कार्य गर्न नपाईने रिजालले बताउनु भयो । 

साथै सार्वजनिक व्यापार ,व्यवसाय, उद्योग ,  बैक, होटेल, रेष्टुरेन्ट खोल्न नपाईने उहाले बताउनु भयो ।  जिल्लामा  कोरोना संक्रमणको जोखिम बढेको भन्दै पिसिआर जाँचलाई पनि तिब्रता दिने र एक हप्ता पछिको अवस्था हेरेर निर्णय लिइने उहाले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया