कतै पानी पर्ने, कतै घाम लाग्ने
तुलसीपुर,१५ भदौ ।
आज देशभरी अधिकांस भागमा मौसम सामान्यतया समाफ रहने भएको छ । तर केही ठाउँमा भने पानी पर्नेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र प्रदेश २ का केही ठाउँमा पानी परिरहेको छ ।
काठमाण्डौ र आसपास क्षेत्रको बिहान मौसम सफा रहेपनि दिउँसो सामान्य बदली हुने विभागको भनाई छ । बेलुकीपख सामान्यदेखि मध्यमखालको पानी पर्ने सम्भावना पनि रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभययो । उहाँका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको छ ।
तपाईंको प्रतिक्रिया