कुन जिल्लामा कति संक्रमित थपिए ?

 भदौ २८, २०७७

तुलसीपुर,२८ भदौ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार १५९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, खोटाङका २, झापाका १, मोरङका ७१, सुनसरीका ३, धनुषाका १४, पर्साका ४, बाराका ४, महोत्तरीका ३, रौतहटका १, महोत्तरीका ३, रौतहटका १, सप्तरीका २, सर्लाहीका २२, सिराहाका ३, काठमाडौँका ४८३, काभ्रेका १, चितवनका २७, धादिङका ३४, नुवाकोटका ९, भक्तपुरका ८१, रामेछापका २, ललितपुरका ३३, सिन्धुपाल्चोकका १, कास्कीका ७, गोर्खाका ७, तनहुँका ७, नवलपरासीपुर्वका २०, लमजुङका २७, स्याङजाका ५, कपिलवस्तुका ४, गुल्मीका २, दाङका १, नवलपरासीका ८, पाल्पाका १, प्युठानका २, बर्दियाका ६१, बाँकेका १७, रुपन्देहीका ३१, जुम्लाका २, दैलेखका १, रकुमपश्चिमका १, सुर्खेतका ७, अछामका २, कञ्चनपुरका १४, कैलालीका ७, तथा डढेलधुराका ३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार १७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6

लोकप्रिय