बनको जग्गामा बनेका टहरामा आगो

 असोज ०६, २०७७

तुलसीपुर ।

दाङको राप्ती गाउँपालिकामा सामुदायिक वनको जग्गा अतिक्रमण गरि निर्माण गरिएको टहरा डिभिजन वन कार्यालय दाङ, देउखुरीले हटाएको छ । राप्ती गाउँपालिकामा वडा नम्बर ४ शान्ति सामुदायिक वन उपभोक्त समुहको करिब चार हेक्टर जग्गामा दुईसय जनाले सामुदायिक वनको जग्गा अतिक्रमण गरि निर्माण गरिएको २५ वटा टहरामा वन कार्यालयले आज आँगो लगाएर हटाएको कार्यालयका सुचना अधिकारी प्रेमिलाल प्रसाद शाहले जानकारी दिनुभयो ।

कालाकाटे, प्यूठान र रोल्पाका स्थानीयले सामुदायिक वनको जग्गा उपभोक्ता समुहलाई नटेरि आफु खुसि उक्त वनको जग्गा अतिक्रमण गरि २५ वटा अस्थाई टहरा निर्माण भएका थिए ।


शान्ती सामुदायिक वनको जग्गा कसरी अतिक्रमण भयो, यस विषयमा उक्त सामुदायिक वनका अध्यक्षलाई छलफलको लागी वन कार्यालयमा बोलाइ छलफल भइरहेको वन कार्यालयले जनाएको छ । देउखुरी क्षेत्रमा सामुदायिक वन अन्तरगतका करिब तिन हजार एक सय हक्टर जग्गा अतिक्रमण गरिएको डिभिजन वन कार्यालय दाङ, देउखुरीको तंथ्याङ्कमा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिक्रिया