तुलसीपरको रिजाल उद्योगले तिर्यो दुई लाख जरिवाना

 असोज ०९, २०७७

तुलसीपुर ।
तुलसीपुर ५ ङ लाईनमा रहेको रिजाल बन्धु तेल उद्योगले दुई लाख रुपैया जरिवाना तिरेको छ । तुलसीपुरका व्यापारी चिरिन्जीवी रिजालले सन्चालन गरेको उद्योगले उत्पादन गदै आएको सौगात ब्राण्ड तोरीको तेलको प्रतिबोतलमा नापतौलको मात्रा कम भएको भन्दै सरकारी संयन्त्रको अनुगमन टोलीले दुई लाख रुपैया जरिवाना गरेको थियो ।

उक्त टोलीले आगामी दिनमा सुधार गर्न र जरिवाना बापतको दुई लाख रुपैया एक हप्ता भित्र बैंक दाखिला गर्न निर्देशन दिएको थियो । सोहि अनुसार उद्योगले गत बुधवार असोज ७ गते राष्ट्रिय बाणिज्य बैंक मार्फत रकम दाखिला गरेको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

तोकिएको जरिवाना दाखिला गर्न एक हप्ताको समय दिईएको भएता पनि उद्योगले पाँच दिनमा जरिवाना वापतको रकम दाखिला गरेको हो । गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जका संयोजक योगेन्द्र कुमार पौडेलको नेतृत्वको अनुगमन टोलीले गएको असोज २ गते उद्योगमा अनुगमन गरेका थियो ।

अनुगमन टोलीले बेलुवामा रहेको उद्योगमा पुगेर सौगात ब्राण्डको तोरीको तेल प्याकिङ गरेको ९४८ पेटी मध्ये एउटा प्याकिङ पेटीको वोतलमा तेलको मात्रा नापतौल गरेको थियो । सोहि क्रममा कम मात्रा र कम गुणस्तर भएको फेला परेपछि कारवाही स्वरुप दुई लाख रुपैया जरिवाना तोकिएको थियो ।

फोटो :पत्रकार सर्मिला डीसीको फेसबुकबाट

तपाईंको प्रतिक्रिया