तुलसीपुरका १ सय ७४ जनाले कोरोना जिते

 असोज १२, २०७७

तुलसीपुर ।

तुलसीपुरमा कोरोना संक्रमितको संख्या २२५ पुगेको छ । आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २ सय २५ पुगेको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा वडा नम्बर ५ का ३४ बर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित मध्ये ५१ जना सक्रिय संक्रमित रहेका छन् भने हाल सम्म १ सय ७४ जना निको भईसकेको फोकल पर्सन केसीले बताएका छन ।

तपाईंको प्रतिक्रिया