भालुवाङ क्षेत्रको भुकम्पीय जोखीम मापन

 असोज २६, २०७७

तिर्थराज ज्ञवाली , देउखुरी दाङ ।

लुम्वीनि प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रको भुकम्पीय जोखीम मापन गरिएको छ ।
राजधानीको ब्यवस्थापनको लागि विभिन्न अध्यन अनुगमन संगै त्रिभुवन विश्व विद्यालय भुगर्व शास्त्र केन्द्रिय विभागद्धारा राप्ती गाउँपालिका क्षेत्र, शितगंगाको वडा नं ८ र ९ साथै गढवाको वडा नं १ रङसिङ क्षेत्रको भुकम्पीय जोखीम मापन गरिएको हो ।

भुगर्भ शास्त्रि डाक्टर सुमन पन्थी, डाक्टर सुवेश घिमिरे र डाक्टर कमलाकान्त आचार्यको टोलिले ईलेक्ट्रीकल रेजिस्टीभीटी सर्भेको माभ्यमवाट दुई दिन लगाएर यस क्षेत्रको भौगोलोक अवस्थाको अध्यन तथा विभिन्न खाले कम्पन्नको सहनशिलताका वारेमा अध्यन गरिएकोे हो । लुम्वीनि प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्र आसपासमा म्यान्टलको माथिल्लो सतहको अवस्था, म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदाहुने तरगंको कारण र अवस्थाका वारेमा अध्यन गरिएको टोलिका भुगर्व शास्त्री डाक्टर सुवेश घिमिरेले जानकारी दिनुभएको छ ।
शास्त्री डाक्टर सुवेश घिमिरेले  विगतको अवस्थालाई अध्यन गर्दा कुमाउ देखी पोखरा लमजुङ सम्मको क्षेत्रमा ठुलो भुकम्पीय धक्काको महसुस नगरिएको अवस्थामा यस क्षेत्रको भौतिक संरचना निर्माणमा प्रयोग गर्न सकिने विधि पक्ता लगाउन अनुसन्धान गरिएको  बताउनु हुन्छ । 

  राप्ती तटिय जमिनको अवस्था र तराई, मधेष, पहाड, हिमालको भौगोलिक अवस्था तथा तल्लो भागमा रहेको जमिनको अवस्था फरक रहने हुदा राप्ती गउँपालिका क्षेत्र, शितगंगाको वडा नं ८ र ९ साथै गढवाको वडा नं १ रङसिङ क्षेत्रको भुकम्पीय जोखीम मापन पश्चात विश्व विद्यालयले सरोकार वालाहरुलाई जानकारी प्रवाह गर्ने तथा भौतिक संरचना निर्माणको क्रममा सल्लाह सुझाव प्रदान गर्ने भुगर्भ शास्त्रि डाक्टर सुमन पन्थीले जानकारी दिनु भएको छ ।   

भुकम्पीय जोखीम मापनका लागि उच्च स्तरको भि यस ३० र रिजोनेश फ्रिक्युन्सीका मापनमा ११ वटा लो फ्रिक्युन्सी जीयोफोन को प्रयोग गरि सेस्मो ग्राफको माध्यमवाट धेरै टाढा वाट आउने पृथ्वीको कम्पनलाई पक्ता लगाउन यो विधाको प्रयोग गरेको शास्त्री डाक्टर सुवेश घिमिरेले बताउनु भएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6

लोकप्रिय