दाङमा ६५ जुवाडे समातिए

 मङि्सर ०४, २०७७

तुलसीपुर ।

दशैं र तिहारको विचमा दाङका विभिन्न स्थानबाट ६५ जुवाडे पक्राउ परेका छन । उनिहरुको साथबाट १५ लाख १८ हजार २ सय २० रुपैया समेत बरामद गरिएको छ । पछिल्लो समय मंसीर ३ गते घोराही १६ बाट ७ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनिहरुबाट २ लाख ६८ हजार ३ सय १५ रुपैया बरामद भएको थियो ।

असोज ५ गते देखि मंसीर ३ गते सम्मको अवधिमा पक्राउ परेका ६५ जना मध्ये ५३ जनाले कानुनि प्रक्रिया भोगिसकेका छन भने १२ जना माथि अनुसन्धान भैरहेको प्रवत्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया