तुलसीपुरमा कांग्रेसको सम्पर्क कार्यालय स्थापना

 मङि्सर ०६, २०७७

तुलसीपुुर ।

तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ झुमरेमा नेपाली कांग्रेसले सम्पर्क कार्यालय स्थापना गरेको छ । नेपाली कांग्रेस इकाई समिति वडा नम्बर ७ ले कार्यालय स्थापना गरेको हो । इकाई कार्यबहाक सभापति हरिबहादुर थापाको अध्यक्षता तथा जिल्ला सभापति कृतिबहादुर खड्काको प्रमुख आतिथ्यता एंव क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति जगतबहादुर खड्को विशिष्ठ आतिथ्यतामा कार्यालयको स्थापना गरिएको हो ।

कार्यालयको उद्घाटन गर्दै जिल्ला सभापति खड्काले स्थानीयस्तरमै नेता तथा कार्यकर्ता सक्रिय भए मात्रै पार्टी चलायमान हुने बताउनुभयो । उहाँले नेता तथा कार्यकर्ताले कसैलाई आरोप प्रत्यारोप लगाउनु भन्दा पनि आ–आफ्नो स्थानबाट सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । कार्यालयको उद्घाटन कार्यक्रममा क्षेत्रिय सभापति जगत बहादुर खड्काले पार्टीलाई एकमत बनाएर लैजानका लागि सबै जिम्मेवार ढंगले लाग्नुपर्ने बताए ।

कार्यक्रममा महासमिति सदस्य केशबराज आचार्य, महाधिवेशन प्रतिनिधि जोगेन्द्र विश्वकर्मा, देविका नेपाली, पूर्व क्षेत्रिय सभापति तथा वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर केसी, तरुणदल जिल्ला अध्यक्ष टिका घर्ती लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण इकाई समिति सचिव ओमबहादुर वलीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया