कहाँ कति संक्रमित थपिए ?(विवरणसहित)
काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार९७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।
थप १४०४ जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १२ हजार ५९० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
४१४ संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत
मन्त्रालयका अनुसार देशभर ४ सय १४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको तथ्यांक अनुसार ५३ जना भेन्टिलेटरमा र ३ सय ६१ जना संक्रमित आईसीयू उपचाररत छन्।
आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ । जहाँ १३० जना आईसीयूमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी लुम्बिनी प्रदेशमा ७१ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४१ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा ५ आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ७ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १०० जना आईसीयूमा र १० जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ११ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
थप २५ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।
कुन जिल्लामा कति सक्रमित थपिए ?
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा २१, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङमा २, झापामा ४१, ताप्लेजुङमा ३, पाँचथरमा २, मोरङमा ७३, संखुवासभामा ७, सोलुखुम्बुमा ७ र सुनसरीमा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी प्रदेश २ को धुनषामा २, पर्सामा ११, बारामा ९, महोत्तरीमा २, रौतहटमा ४, सप्तरीमा ७, सर्लाहीमा २ र सिरहामा ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय २२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २१, चितवनमा २६, दोलखामा ७, धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा ६५, मकवानपुरमा १०, रामेछापमा १, ललितपुरमा ६१, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा ८३, गोरखामा २६, तनहुँमा १६, नवलपरासी पूर्वमा २१, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा ४ र स्याङजामा १० जनामा कोरोना पुष्टि भएको छ। लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १५, दाङमा ४, नलवपरासीमा २, पाल्पामा १२, प्यूठानमा ३, बर्दियामा ७, बाँकेमा १७ र रुपन्देहीमा ३५ जना कोरोना सक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएका छैनन्। सुदूरपश्चिम प्रदेशको अछाममा ५, कञ्चनपुरमा १५, कैलालीमा ९८, डडेल्धुरामा ५, डोटीमा १, दार्चुलामा २, बझाङमा ७ र बतैडीमा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
तपाईंको प्रतिक्रिया