प्रचण्ड-माधव समूहको सडक आन्दोलन सुरु

 पुष १०, २०७७

काठमाडौं ।

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै उत्पन्न परिस्थितिले सत्तारुढ नेकपामा स्पष्ट दुई पक्षले फरक फरक पार्टीको अभ्यास सुरु गरेका छन् । यद्यपी उनीहरु औपचारिक रुपमा टुक्रिसकेका छैनन् ।

केपी ओलीको कदम प्रतिगामी भएको भन्दै प्रचण्ड–माधव समूहले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सडक संघर्ष सुरु गरेको छ । हिजो बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कार्यसमिति बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलत परिचालन समिटिको कमाण्डर तोकेर २५ सय सदस्य छुट्याइएको छ ।

पहिलो चरणको आन्दोलनको पहिलो दिन आज बिहान ९ बजे माइतीघर मण्डलामा र १२ बजे निर्वाचन आयोजना पार्टीका केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभा सांसदहरुको उपस्थितिमा प्रदर्शन गरिनेछ ।

तपाईंको प्रतिक्रिया