हामी यहाँ छौं भन्दै प्रचण्ड–माधव सडकमा

 पुष १०, २०७७

काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले आज पहिलो दिन काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन शुरु गरेको छ । प्रदर्शनमा सहभागी हुन नेकपाका नेता कार्यकर्ताहरु माइतीघर पुग्ने क्रम शुरु भएको छ ।

आन्दोलन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्का अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी छन् । प्रर्दशनमा सहभागी विघटित प्रतिनिधिसभाका सदस्यहरुले ‘हामी यहाँ छौं’ भन्ने लेखेको प्लेकार्ड बोकेका छन् ।

तपाईंको प्रतिक्रिया