चिनिया टोलीलाई प्रधानमन्त्री ओलीको जवाफ – आफूमा कुनै समस्या छैन

 पुष १४, २०७७

काठमाडौं । 

पार्टी विभाजन हुनेबित्तिकै गुओको टोली नेपाल आएर नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्नुले यो पार्टीमा चिनियाँ प्रभाव रहेको भन्न सकिने अवस्था आएको छ । प्रधानमन्त्री ओलीसँग आइतबार राति अबेर भेटघाट गरी गुओको टोलीले पार्टी एकताका लागि पहल गर्न आग्रह गरेको थियो। टोलीले चिनियाँ राष्ट्रपति सी चिन फिङको समेत पार्टी विभाजन नहोस् भन्ने धारणा रहेको सन्देश सुनाएको थियो ।

प्रधानमन्त्री ओलीले आफूमा कुनै समस्या नभएको जवाफ दिँदै यो नेकपाको आन्तरिक मामिला भएकाले यसमा अरूको सहयोग आवश्यक नहुने धारणा राखेको स्रोतको दाबी छ। आजको नागरिक दैनिकमा समाचार छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6

लोकप्रिय