केपी ओली निर्वाचित तानाशाह बन्न खोजे

 पुष १६, २०७७


पोखरा ।

 नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली निर्वाचित तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कास्की कांग्रेसले बिहीबार पोखरामा गरेको कार्यक्रममा उनले केपी ओली निर्वाचित तानाशाह बन्न खोजेको आरोप लगाएका हुन् ।


उनले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै संयुक्त आन्दोलनबाटै निकास खोज्नुपर्ने जनाए । उनले सबै मिले राष्ट्रियता र संविधान बचाउनु पर्नेमा जोड दिए ।

उनले अरुको इशारामा यो राष्ट्रलाई भूमरीमा धकेल्ने प्रयास भएको बताउँदै प्रतिनिधिसभाको पुन:स्थापना हुनेमा विश्वास व्यक्त गरे ।

नेता पौडेल विघटित संसद पुन:स्थापनाको आन्दोलनमा कम्युनिस्ट (दाहाल–नेपाल) पक्षसँग कांग्रेस मिल्नुहुँदैन भन्नेहरु दरबार परस्त भएको बताए । इतिहासमा कम्युनिस्टसँग मिलेर चलाइएका संयुक्त संघर्षबाट कांग्रेसलाई कहिल्यै घाटा नभएको उनको भनाइ थियो ।

तपाईंको प्रतिक्रिया