दाङमा प्रतिष्ठान र प्रादेशिक अस्पतालबाट खोप लगाउन सुरु

 माघ १४, २०७७

तुलसीपुर ।
कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको हो । यता दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट खोप लगाउन सुरु गरिएको हो ।

घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सागर पन्थीले पहिलो खोप लगाएर खोप अभियानको उद्घाटन गरेका छन् । यस्तै, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा अस्पतालका मेडिकल सुपरिटेन्डेट डा.विनोद सिंहले पहिलो खोप लगाएर उद्घाटन गरेको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।

तुलसीपुरमा आज र भोलि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मीलाई खोप दिइने छ भने पर्सी देखि तुलसीपुर उपमहानगरपालिका अन्र्तगतका स्वास्थ्यकर्मी, सरसफाईकर्मी लगायतलाई खोप दिने केसीले बताए । साथै तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालबाट १२५ जनालाई खोप दिइने उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया