चलचित्र पत्रकार डिआरएन सम्मानित हुँदै

 माघ १७, २०७७

तुलसीपुर ।
लामो समय देखि रङ्ग पत्रकारिता गर्दै आएका चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका निबर्तमान अध्यक्ष ध्रुव राज न्यौपाने (डिआरएन) सम्मानित हुने भएका छन । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो २८औ स्थापना दिबसको अबसरमा न्यौपाने लाई सम्मान तथा पुरस्कृत गर्दै छ । जिल्लामा चलचित्र पत्रकारितामा महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आएका उनले एक दशक लामो पत्रकारिताको यात्रा तय गरिसकेका छन ।

मोफसलमा उत्कृष्ट चलचित्र पत्रकारिता गरेको भन्दै यो भन्दा अघि उनले दुबई मा भएको अन्तर्राष्ट्रिय छाया छवि अवार्ड पनि हात पारिसकेका छन भने जिल्लाका अन्य महत्त्वपूर्ण सम्मानबाट पनि सम्मानित भईसकेका छन । उमा-चन्द्र-गीता रजौरे पत्रकारिता पुरस्कार बाट सम्मानित हुन लागेका उनले नेपाल पत्रकार महासंघ दाङ शाखाले आफुलाई सम्मान गर्न लागेकोमा खुशी व्यक्त गर्दै महासंघ प्रती धन्यवाद समेत ज्ञापन गरेका छन ।

यसैविच, नेपाल पत्रकार महासंघ, दाङ शाखाले अविराम पत्रकारिता सम्मानबाट विपुल पोख्रेल,योगदान पत्रकारिता सम्मानबाट केबि मसाल, प्रताप रेग्मी , शारदा शर्मा,पत्रकारिता प्रतिभा पुरस्कारबाट बसुन्धरा गौतम, जितेन्द्र बहादुर शाह स्मृति पत्रकारिता पुरस्कारबाट शरद रेग्मी,विष्णु— भुपेन्द्रेश्वर श्रेष्ठ पत्रकारिता पुरस्कारबाट शुसिल बस्नेत,अकिल—टुकादेवी स्मृति पत्रकारिता पुरस्कारबाट नरेन्द्र केसी, चिन्तामणी— जुमना पोख्रेल स्मृति पुरस्कार बाट निमुसंगम घर्ती,पार्वती स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट संगित बस्याल,शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कारबाट अन्नत आरसी ,लोककुमारी स्मृति पत्रकारिता पुरस्कारबाट सुमन केसी, नदीन स्मृति पत्रकारिता पुरस्कार बाट दिपक ओली, देवकी नन्दन प्रतिभा पुरस्कार बाट किरण गौतम,वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यमकला भुसाल, पत्रकारिता प्रोत्साहन पुरस्कारबाट चन्द्र प्रकाश नेपाली, सवि थारु, शैलेस अधिकारी, प्रियास्मृति गजमेर, रमा विश्वकर्मा, भागवत भट्टराई, उमा भण्डारी,यज्ञ बहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कारबाट सन्तोष सुबेदी,ओम प्रकाश सुभद्रादेवी स्मृति पत्रकारिता पुरस्कारबाट शिवराज खनाल,दुर्गा— टिका स्मृति पत्रकारिता पुरस्कारबाट चन्द्र खनाल,रोशन स्मृति पत्रकारिता पुरस्कार बाट राज कुमार चौधरी,नारायणी स्मृति पत्रकारिता पुरस्कार बाट बसन्त पौडेल लाई सम्मान गर्दै छ ।

तपाईंको प्रतिक्रिया