बैतडीकि यी किशोरी जंगलमा मृत भेटिईन ,हत्याको आशंका

 माघ २३, २०७७

कैलाली ।

वैतडीमा १७ वर्षीया किशोरीको शव फेला परेको छ । बुधबारदेखि बेपत्ता भएकी दोगडा केदार गाउँपालिका–७ की भागिरथी भट्टको शव घरनजिकैको जंगलमा बिहीबार साँझ फेला परेको हो । खोजी गर्ने क्रममा घर नजिकैको लवलेक सामुदायिक वनमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

विद्यालयबाट घर फर्कने क्रममा वेपत्ता भएको आशंका गरिएकी उनको शव विद्यालय पोसाकमै फेला परेको छ । बिशोरीको हत्या गरी जंगलमा फालेको हुनसक्ने अनुमान स्थानीयवासीको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

तपाईंको प्रतिक्रिया