मगर संघ दाङको अध्यक्षमा पुन

 फागुन २९, २०७७


तुलसीपुर ।
नेपाल राष्ट्रिय मगर संघ दाङको अध्यक्षमा मञ्जित पुन मगरलाई चयन गरिएको छ । संघको हिजाे तुलसीपुरमा भएको भेलाले मञ्जितको अध्यक्षतामा कार्य समिति चयन गरिउको हो । जसको उपाध्यक्षमा कमल घर्ती मगर, खिमबहादुर घर्ती मगरलाई चयन गरिएको छ ।

त्यस्तै सचिवमा कमला थापा, कोषाध्यक्षमा नीसा घर्ती मगर, सदस्यहरुमा पुष्प जीएम, अनुपरासकोटी, गगण रामजाली मगर, ललित पुन मगर, भुपबहादुर मगर, देवेन्द्र घर्ती मगर, बबिता आलेमगर, देबिमाया थापा मगर, मिना वयम मगर, विष्णु घर्ती मगर, हिरा घर्ती मगर, दुर्गा घर्ती मगर, पूर्ण बहादुर थापा मगर, देवबहादुर थापा मगर, सुदन बुढा मगर, कमानसिंह राणा मगरलाई चयन गरिएको छ ।

संघका संयोजक जनकबहादुर बाठा मगरको अध्यक्षता तथा नेपाली काँग्रेस दाङका कोषाध्यक्ष सावित्री राणा मगरको प्रमुख आतिथ्यमा भेला भएको हो । भेलामा संघका सहमहामन्त्री भिम आले मगर, संघका केन्द्रीय सदस्य विष्णु थापा मगर, संघका प्रदेश सचिब कमल रोका मगर, तरुणदल दाङका अध्यक्ष टीका घर्ती मगर, जनजाति संघका खिमबहादुर पुनलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईंको प्रतिक्रिया