तुलसीपुरमा आइसियु भवनको शिलन्यास

 फागुन २९, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा राप्ती प्रादेशिक अस्पतालमा आइसियु भवनको शिलन्यास गरिएको छ । नगरप्रमुख घनश्याम पाण्डेले अाज आइसियु भवनको शिलन्यास गरेका हुन् । यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी भवनको शिलन्यास गरिएका हो । भवनको शिलन्यास गर्दै नगर प्रमुख पाण्डेले जनतालाई स्वास्थ्य सेवाको थप पहुँचमा लैजानका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको वताए ।

भवन शिलन्यास कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपाने, मेडिकल सुपेरिटेन्डेन्ट डा. विनोद सिंह , वडा नम्बर ५ का अध्यक्ष विरेन्द्र शाह लगायतको सहभागिता रहेको थियो । आइसियु भवन नहुँदा सामान्य विरामीहरु समेत रेफर हुने अवस्था रहेको छ ।

तपाईंको प्रतिक्रिया