आज पनि घट्यो सुनको मूल्य

 चैत ०९, २०७७

काठमाडौँ ।

आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजोभन्दा प्रतितोला २ सय रुपैयाँ सस्तिएको सुन प्रतितोला ८७ हजारमा कारोबार भइरहेको छ । हिजो सुन तोलको ८७ हजार दुई सयले कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार चाँदी तोलमा १२ सय ८० रुपैयाँ कायम थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिक्रिया