२ सय घरमा जस्तापाता लगाउदै झिमरुक

 चैत १०, २०७७

वासुदेव गिरी, प्युठान ।
प्युठानको झिमरुक गाउँपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रम अन्त्रगत लाभग्राही मध्य बाट छनोट भएका अति बिपन्न गरिब परिवारहरु लाई खरका छाना हटाउन अनुदान दिने भएको छ । गाउँपालिका भरका २ सय घरधुरी लाई प्रती घरधुरी ५० हजारका दरले अनुदान रकम उपलब्ध गराउन लागेको हो । झिमरुकका आठै वडाका गाउँबस्तीमा रहेका खर तथा परालको छाना भएका घर परिवारलाई जस्तापाताको छानामुनी ल्याउने गरि कार्यक्रम ल्याईएको गाउँपालिका अध्यक्ष तिलक जिसीले बताए ।

आर्थिक अवस्था कमजोर भएका पराल र खरको छाना भएका घरधुरीका परिवारलाई यो कार्यक्रममा समाबेस गरिएको उनले बताए । चालू आबको लागि १ करोड रकम सुरक्षित नागरिक आवास कार्यक्रम अन्त्रगत पालिकालाई नेपाल सरकारले अनुदान उपलब्ध गराएको छ । झिमरुक गाउँपालिकाको वडा नम्बर १ मा ४८ घरधुरी २,मा १३ घर,३ मा,३१ घर,४ मा,१९ घर, ५ मा, १० घर, ६ मा ५५ घर ७ मा २४ घर गरि जम्मा २ सय घरधुरीको घरमा जस्तापाता लगाउन थालिएको छ ।

परिवारको घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण बर्षौ देखि खरको चुहिने छानोमुनी बस्दै आएकोले खरको छानो हटाउन अनुदान पाउँदा स्थानीय बिष्णु सुनार खुशी भएको बताइन् । जिल्लाका अन्य पालिकाले खरको छानो हटाएर जस्तापाता लगाउने अभियान शुरु गरेका छन ।

तपाईंको प्रतिक्रिया