नरैनापुरमा भएको आगलागीमा ७० बढि घर जले

 चैत २१, २०७७

तुलसीपुर ।

बाँकेको नरैनापुर गाउँपालिका ४ खोदना बस्तीमा भिषण आगलागी भएको छ । शनिवार दिउँसो तिन बजेतिर बस्तीमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ । प्रहरीका अनुसार कम्तिमा ७० बढि घर जलेर नष्ट भएका छन् ।

फुसले छाएका घर टहरा सबै जलेर नष्ट भएको बताईएको छ । आगो नियन्त्रणका लागी दमकल सहित प्रहरी स्थानियको सहायताले प्रयास भईरहेको छ । आगो नियन्त्रणमा अझै आउन सकेको छैन ।

फाईल फोटो

तपाईंको प्रतिक्रिया