प्रचण्डले भने- ‘ओली सरकार अब धेरै दिन टिक्दैन’

 चैत २८, २०७७

काठमाडौं ।

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीको सरकार अब धेरै दिन नटिक्ने दाबी गरेका छन् । नेपाल निजामती कर्मचारी संगठनको शनिबार काठमाडौं आयोजित चौथो केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै उनले जनतालाई दुःख नदिइकन नयाँ सरकार गठन गर्ने प्रयासमा आफूहरू रहेको स्पष्ट पारे ।

केही दिनमै नयाँ सरकार गठन हुने र संकटको कालो बादल पनि हट्ने विश्वास उनले व्यक्त गरे। अध्यक्ष प्रचण्डले जे आधिकारिक र संवैधानिक हो, त्यो निमोठिएको अनि जबर्जस्ती राज्यसत्ता कब्जा गर्ने अभियान चलाइएको पनि जिकिर गरे ।

तपाईंको प्रतिक्रिया