घोराही उपमहानगरले फोहरलाई मोहरमा बदल्दै

 बैशाख ०२, २०७८

तुलसीपुर ।

दाङ घोराही उपमहानगरपालिकाले फोहोरलाई मोहरमा बदल्ने र पूणर्सरसफाई युक्त नगर बनाउने अभियानको थालनी गरेको छ । नयाँ बर्ष २०७८ को सुभारम्भ सँगै उपमहानगरले नगल्ने फोहोरलाई मोहरमा बदल्ने अभियानको थालनि गरेको हो ।

यो सँगै उपमहानगरले गल्नेबाट ग्यास र नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउने कार्यक्रमको सुरुवात गरेको हो । उपमहानगरपालिकाले पलाष्टिक, गत्ता, कपडा लगाएतका फोहोर खरिद गर्न थालेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

अडियो सुन्नुहोस

तपाईंको प्रतिक्रिया