कपुरकोटमा २५ बेडको आईसोलेसन

तुलसीपुर ।
कोरोना संक्रमितको उपचारको लागि कपुरकोट गाउँपालीकाले २५ बेडको आईसोलेन तयार पारेको छ । नेरामावि किमिचौरमा आईसोलेसन तयार पारिएको हो । कोरोनाको दोस्रो लहर सुरु भए सगै संक्रमितको संख्या बढेकोले संक्रमितको उपचारको लागि आईसोलेसन तयार पारिएको हो ।
यस्तै, गाउपालीकाको सेवा केन्द्रमा ५ बेडको अक्सिजन सहितको उपचार कक्ष तयार पारेको अध्यक्ष भिम बहादुर सेनले जानकारी दिनुभयो । सेनका अनुसार गाउँपालीकाले २५ बेड थप्ने तयारि समेत गरेको छ । गाउँपालिकाले संक्रमितको उपचारको लागि एम्बुलेन्स समेत तयारि अबस्थामा राखेको छ ।
तपाईंको प्रतिक्रिया