प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने

 जेठ ०५, २०७८

तुलसीपुर । तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । अर्थ मन्त्रालयले १ कराेड ५० लाख बजेटकाे ब्यबस्था गरेकाे छ । विभिन्न स्थानका ११ वटा अस्पतालमा अक्सिजन प्लान्ट र एक अस्पतालमा अक्सिजन पाइपलाइन स्थापना गर्न अर्थ मन्त्रालयले करिब १७ करोड रुपैयाँको सहमति प्रदान गरेको हाे ।

अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप १६ करोड ८० लाख खर्च गर्ने सहमति प्रदान गरेको हो । यससँगै अब स्वास्थ्य मन्त्रालयले प्लान्ट स्थापनाको प्रक्रिया अगाडि बढाउन सक्ने भएको हो । स्वास्थ्यले कुल १२ वटा अस्पतालका लागि रकम माग गरेको थियो ।

अर्थ मन्त्रालयका अनुसार तुलसीपुरकाे प्रादेशिक अस्पताल , स्याङ्जा अस्पताल, बैतडी अस्पताल, डोटी अस्पताल, अर्घाखाँची अस्पताल, पी चन्द्र अस्पताल (कपिलवस्तु), तौलिहवा अस्पताल, पाल्पा अस्पताल, बर्दिया अस्पताल, प्यूठान अस्पताल र तेह्रथुम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न रकम स्वीकृति दिइएको हो ।

यस्तै दमौली अस्पताल तनहुँमा अक्सिजन पाइपलाइन विस्तार गर्न रकम स्वीकृत भएको छ ।

तपाईंको प्रतिक्रिया