भेरि अस्पताल घटनाबारे मृतकका आफन्त यसाे भन्छन

 जेठ १४, २०७८

तुलसीपुर । बाकेकाे भेरि अस्पतालमा भएको घटनाबारे मृतकका अाफन्तले हाम्रो अनुमति विनै भेन्टिलेटरमा राखेको आरोप लगाएका छन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ निवासी डिल्लीबहादुर रावतको विहीबार राति ८ बजेतिर मृत्यु भएपछि आफन्तीहरुले अाक्रमणमा उत्रिएको घटना बाहरिएपछि मृतकका अाफन्ति यस्तो भनाइ अाएकाे हाे । ‘ राम्राृे संग बोल्नु हुन्थ्यो, खाना खानु हुन्थ्यो, कुराकानी गर्ने, आफै ट्वाइलेट गर्ने, उठ्ने बस्ने गर्नुहुन्थ्यो, एक्कासी डाक्टरले भेन्टिलेटरमा राख्नु पर्छ भन्नु भयो , हामीले मानेनौं, तर, नमान्दा नमान्दै पनि भेन्टिलेटरमा राखेको ३ मिनेटमै मृत्यु भयो मृतकका छाेराले भने ।

अावेगमा अाएर भेन्टिलेटरमा किन राखेको भनेर ठूलो श्वरले त बोलिएकै हो, ठूलो श्वरले बोल्दा नर्सहरुको भागदौड भएको थियो हामीले हातपात गरेको भनी अनावश्यक प्रचार गरिएको उनले बताए । यसमा अनाबश्यक राजनीति भएकाेमा दुखेसो ब्यक्त गरे । यदि हातपात गरेको भएपनि त्यहाँ सीसी क्यामेराकाे फुटेज हेर्न सकिने उनले बताए । रावतको गत जेठ ३ गते भेरी अस्पतालमा भर्ना गरिएको हो । घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएकाे बताईएकाे छ ।

अस्पतालमा कार्यरत नर्सहरूले भने सुरक्षाको ग्यारेन्टी र दुव्र्यवहार गर्नेलाई कारवाही हुनुपर्ने माग राखेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

तपाईंको प्रतिक्रिया