लुम्बिनी प्रदेशको बजेटमा स्वास्थ्य प्राथमिकतामा

 असार ०१, २०७८

तुलसीपुर ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टिकृत सुविधासहितको अस्पतालमा स्तरोन्नती गर्न २५ करोड रकम विनियोजन गरेको छ ।लुम्बिनी प्रदेश सभामा आगामी वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेशका चार कोभिड उपचार अस्पताललाई पर्याप्त बजेट विनियोजन गरिएको बताउनुभयो ।

बजेट सार्वजनिक गर्दै उहाँले डीपीआर सम्पन्न भएका अस्पताललाई आगामी आर्थिक वर्षमा निर्माण सुरु गर्न आवश्यक बजेट विनियोजन गरेको बताउनुभयो । त्यस्तै जिल्ला स्तरका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, कोभिड बिरामीको निःशुल्क उपचार गर्ने र स्तरीकरणका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले कोभिड–१९ को उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरुको तलब स्केलमा ५० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको पनि बताउनुभयो ।

तपाईंको प्रतिक्रिया