सुनको मूल्य एकै दिन ११ सयले घट्यो

 असार ०३, २०७८

काठमाडौँ ।

नेपाली बजारमा सुनको मूल्य एकै दिन ११ सय रुपैयाँले घटेको छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार वुधबारको तुलनामा सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको हो । वुधबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन समेत प्रतितोला ११ सयले नै घट्दै ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।चाँदीको पनि प्रतितोला २० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घट्दै एक हजार ३४० रुपैयाँ कायम भएको छ ।

तपाईंको प्रतिक्रिया