बबईको बजेट ५१ करोड ६४ लाख (पुर्णपाठ हेर्नुहोस)

 असार १०, २०७८

तुलसीपुर ।
पश्चिमको बबई गाउपालीकाले आगामि बर्षको लागि बजेट सार्वजनिक गरेको छ । गाउपालीकाको नवौ गाउसभामा उपाध्यक्ष सावित्रा विश्वकर्माले आर्थिक बर्ष २०७८/०७९ को लागि एकाउन्न करोड चौसट्ठी लाख चौहत्तर हजार बराबरको बजेट सर्वाजनिक गर्नुभएको हो ।

पूर्बाधार बिकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा महिला बिकास, उर्जा, बाताबरण, श्रम तथा रोजगारी, यूवा तथा खेलकुद लागि बजेट विनियोजन गरिएको विश्वकमाले बताउनुभयो ।
बजेटको पुर्णपाठ हेर्नुहोस

बबई गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ को बजेट बक्तव्य
आदरणीय गाउँ सभाका सभाध्यक्ष ज्यू,
गाउँसभाका सदस्यज्यूहरु,
१. नेपालको संबिधान २०७२ जारी भए पश्चात संबिधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यबस्थामा रुपान्तरण गरेसंगै बदलिदो शासकीय स्वरुपका आधारमा स्थापित स्थानीय सरकारको हैसियतमा यस बबई गाउँपालिकाको गरिमामय नवौँ गाउँसभा समक्ष आज म आर्थिक बर्ष २०७८÷०७९ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु ।

२. संघीय लोकतान्त्रिक गणतन्त्रात्क शासन ब्यबस्थाको स्थापना, लोकतन्त्र र जनताको हितका लागि ईतिहासका विभिन्न कालखण्डमा आफ्नो अमुल्य जीवन अर्पण गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुप्रति उच्च सम्मानका साथै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते योद्धाहरु र बेपत्ता नागरिकहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।

३. बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरले यस बबई गाउँपालिकालाई अपुरणीय क्षति पु¥याएको छ । कोरोना भाइरसको संक्रमणका कारण हामीले वडा नं. ४ का वडाध्यक्षको जीवन संगीनी युवा ओली, उपाध्यक्षको छोरी एंव सेफ हाउस ब्यबस्थापक करिस्मा बिश्वकर्मा, मा.बि. गंगटेका शिक्षक लक्ष्मण बस्नेत, आ.बि. हस्तनापुरका शिक्षक देउकुमारी ओली र मोडर्न दिग्दर्शन बोर्डिङ स्कुलका प्रिन्सिपल नरेशकुमार बाहेरालगायत अन्य केही नागरिकहरुलाई गुमाउन प¥यो भने उल्लेख्य मात्रामा नागरिकहरु कोरोना भाइरसबाट संक्रमित हुनु प¥यो । यस अवधिमा कोभिड १९ को कारण ज्यान गुमाउनु हुने मृतकहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समबेदना तथा कोरोना संक्रमित सम्पूर्ण दिदिबहिनी तथा दाजुभाईहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । कोभिड १९ को दोस्रो लहरको कारणले भएको निषेधाज्ञा, सामाजिक दूरी कायम गरी काम गर्नुपर्ने कठिन परिस्थितिमा पनि कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि साथ दिनु भएकोमा म स्थानीय सरकारको तर्फबाट बबईबासी सम्पूर्ण दिदीबहिनी दाजुभाईको उच्च प्रसंशा गर्दछु । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि अहोरात्र खट्नु हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि एवं सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, पत्रकार, पेशाव्यवसायी लगायत सबैलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

४. कोभिड १९ को कारण सिर्जित प्रतिकूल परिस्थिति र चुनौतीका बीच वित्तिय अनुशासन कायम गर्दै स्वास्थ्य सेवालगायतका अत्यावश्यक सेवाप्रवाहको सुनिश्चितताका साथै विकास निर्माण, उत्पादन र उत्पाकदत्व बृद्धि, रोजगार सिर्जना गरी उपलब्ध स्रोत साधनको न्यायोचित विनियोजन गर्नुको विकल्प हामीसंग छैन । मैले गाउँपालिकाको बजेट प्रस्तुत गरीरहदा कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षा गर्ने र बिकासका क्रियाकलापलाई गतिशील बनाउने गहन जिम्मेवारी बोध गरेको छु । बिगत ४ बर्षको बजेटबाट हासिल भएका उपलब्धीको जगमा टेकेर बिकास र समृद्धिको यात्रालाई तीब्रता दिने मार्गमा कोरोना महामारीका कारण असर परेको छ । तथापी यस बिषमपस्थितिमा सबै राजनीतिक दल, जनप्रतिनीधि, कर्मचारी, बुद्धिजीबि, विभिन्न संघसस्था एवं आम नागरिकको सद्भाव र सहयोगले बर्तमान र भबिष्यको चुनौती सामना गर्न सकिन्छ भन्ने कुरामा गाउँपालिका बिश्वस्त छ ।
५. “हाम्रो बबई राम्रो बबई, खुसी जनता समृद्ध बबई गाउँपालिका” भन्ने दीर्घकालिन सोच र लक्ष्यका साथ जनताको माग, चाहना, आवश्यकता र संभावनाको उचित संवोधन हुने गरी बजेट निर्माण एंव तर्जुमा गर्नु र योजनाहरु अघि बढाउनु हाम्रो कर्तव्य हो । प्रत्येक वडा तथा बस्तीका जनताको विकासलाई स्थानीय सरकारको नीतिअनुसार तलैदेखि जनतालाई योजना तर्जुमा प्रक्रियामा सहभागी गराउदै विकासका योजनाहरु छनौट हुदै आएका छन । बजेट तथा कार्यक्रम निर्माण गर्दा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणलाई समेत ध्यान दिई यसअघि प्रस्तुत भएको नीति तथा कार्यक्रम भित्र केन्द्रित रहेर यो बजेट निर्माण गरिएको छ ।
आदरणीय गाउँ सभाका सभाध्यक्ष ज्यू,
सभाका सदस्य ज्यूहरु,

अब म चालु आर्थिक बर्षको उपलब्धी संक्षिप्त रुपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

बबई गाउँपालिकामा हामी निर्बाचित भएर आएको करिब ४ बर्ष पूरा भएको छ । हामीले यो ४ बर्षको समयमा के÷कस्ता काम ग¥यौँ । जनताको चित्त बुझाउन सकियो की सकिएन, त्यसको मुल्यांकन आगामी दिनमा हुदै जानेछ । स्थानीय तहमा निर्बाचित जनप्रतिनिधीहरुको संघीय संरचनामा नितान्त नौलो अनुभव, कर्मचारी समायोजन, कोभिड–१९ को पहिलो र दोस्रो लहर जस्ता प्रतिकुलताका बाबजुद यो ४ बर्षको अवधिमा हामीले उल्लेखनीय कार्यहरु गरेका छौ । चालु आर्थिक बर्षमा बबई गाउंपालिकाले गरेका कामहरुको सामान्य समीक्षा गर्न चाहन्छु ।

हाम्रो लागि हाम्रो धर्ती, हाम्रो प्रकृती, हाम्रो संस्कृती र हाम्रो समृद्धि भन्दा ठूलो अरु केही पनि थिएन । त्यसैले हामीले आधारभूत शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा तथा संरक्षणको अबसर उपलब्ध गराउने हाम्रो प्रमुख दायित्व थियो । आफ्नो दायित्व निर्बाह गर्ने क्रममा गाउँपालिकाको प्रशासनिक भवन सम्पन्न भएको छ । वडा नं. १, २, ४, ५ र ६ का वडा कार्यालयका प्रशासनिक भवन निर्माण सम्पन्न भएका छन् । यसैगरी वडा नं. २, ४, ५ र ७ मा आधारभूत स्वास्थ्य केन्द्रका भवनहरु निर्माण सम्पन्न भई स्वास्थ्य केन्द्रहरु सञ्चालनमा आइसकेको हुदा “राम्रो बबई, समृद्ध सबै” को आधारशीला तयार गर्न सफल भएका छौँ ।

कोभिड–१९ का बाबजुद पनि शिक्षा क्षेत्रमा उल्लेख्यनीय सुधार गरेका छौँ । बिद्यार्थीबाट कुनै पनि शुल्क नलिने र अभिभावकलाई कुनै आर्थिकभार नपारेर बिद्यालयहरु ब्यबस्थित रुपले सञ्चालन हुने अबस्था सिर्जना भएको छ । शिक्षक र बिद्यालय कर्मचारीहरुको प्रयाप्त संख्यामा ब्यबस्था गरिएको छ भने सबै माबिहरुमा पुस्तकालय, आइसिटी ल्याब र बिज्ञान प्रयोगशाला पु¥याउन सफल भएका छौँ । अब आधारभूत तहका बिद्यालयहरुलाई समेत प्रबिधिमैत्री बनाउँदै छौँ । विभिन्न शिर्षकमा बिद्यालयमा पर्याप्त मात्रामा बजेट निकासा दिइएको छ । शिक्षक, कर्मचारीको तलब÷भत्ता बाहेक बार्षिक करिब ८ करोड बराबरको रकम बिद्यालयहरुमा निकासा दिदै आइएको छ । विभिन्न बिद्यालयहरुमा करिब ६० वटा पक्की कक्षाकोठा निर्माण भएका छन् भने शौचालय निर्माण, खानेपानी र सरसफाईमा उल्लेख्य सुधार भएको छ । हापुरेमा कक्षा १२ सम्मको प्राबिधिक धार तर्फको कृषि बिषयको पठनपाठन सुरु भएको छ भने माबि गंगटे तथा माबि तल्लो मलईलाई आबाशीय बिद्यालयका रुपमा बिकास गरिदै छ ।

चालु आर्थिक बर्षमा गौरवका आयोजनाहरु अन्तर्गत पञ्चकुले चरकमटिया सडक, हापुरे सहिद गेटदेखि उत्तरतर्फको सडक, सल्लीकोट पातीहाल्ना सडक, मदन आश्रित मार्ग, ज्वाला मार्ग र मनमोहन चक्रपथको सितापुर खण्ड कालोपत्रे भइरहेको छ । आगामी आर्थिक बर्षमा १२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । यसैगरी करिब २० किलोमिटर सडक ग्रावेल भइरहेको छ । आबश्यकता अनुसार सडकहरु स्तरोन्नती गर्ने कार्य पनि निरन्तर भइरहेका छन् ।

हाम्रो कार्यकाल अगाडि स्वास्थ्यको हिसाबले हाम्रो गाउँपालिकामा दुई वटा स्वास्थ्य चौकी मात्र रहेका थिए । आज हामीसंग ७ वटै वडामा स्वास्थ्य सेवाहरु सञ्चालन भइरहेका छन् । दुई वटा अस्पतालहरु निर्माणको चरणमा रहेका छन् । १५ शैयाको बिशेषज्ञ सेवासहितको अस्पताल हंसपुरमा निर्माण गर्नका लागि ठेक्का भई सम्झौता समेत भएको छ भने हापुरेमा एम.बि.बि.एस. डाक्टरसहितको अस्पताल छिट्टै सञ्चालन हुदै छ । पञ्चकुलेमा नागरिक आरोग्य केन्द्रका रुपमा आयुर्बेदिक अस्पताल सञ्चालनमा आएको छ । सिचाईको हिसाबले पनि हामीले उल्लेखनीय फड्को मारेका छौँ । चालु आर्थिक बर्षमा करिब १५ किलोमिटर सिचाई नहर निर्माण भएको छ । केही लिफ्ट सिचाई आयोजना तथा २ वटा जलाशय निर्माण गरिएको छ । बबई गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत सल्लीकोट भ्यू–टावरको ठेक्का टेण्डर भई सम्झौता भइसकेको छ ।

त्यसैगरी खानेपानी तथा सरसफाई तर्फ हाम्रो कार्यकालमा “एक घर, एक धारा” नीति अन्तर्गत ४ हजार घरधुरीमा नीजि धारा पु¥याइएको छ र आगामी आर्थिक बर्षमा थप २ हजार घरधुरीमा नीजि धारा पु¥याउनका लागि काम जारी रहेको छ । 

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत हालसम्म २८० घरधुरीलाई चालु आर्थिक बर्षमा जस्तापाता बितरण भइसकेको र ३३७ घरपरिवारसंग फुस तथा खरका छाना बिस्थापनका लागि सम्झौता भइरहेको छ । आगामी आर्थिक बर्षमा बाँकी रहेका घरधुरीलाई जस्तापाता उपलब्ध गराउनका लागि थप एक करोड ६६ लाख रकम ब्यबस्था गरिएको छ । सुकुम्बासी तथा अब्यबस्थित बसोबासीहरुका लागि तथ्यांक संकलन भई भूमि सम्बन्धी समस्या समाधान आयोगसंग समन्वय गरी काम अघि बढीरहेको छ । आगामी आर्थिक बर्षमा जग्गा नापजाँच गरी जग्गाधनी लालपुर्जा बितरणको लक्ष्य राखिएको छ । त्यसैगरी साँस्कृतिक सम्पदाको पूर्बाधार निर्माण, पर्यटन पूर्बाधार निर्माण, पुल, कल्भर्ट निर्माण, खेलकूद पूर्बाधार निर्माण, बिपद् ब्यबस्थापन सम्बन्धी काम, बिद्युत बिस्तार सम्बन्धी काम, सूचना तथा सञ्चार प्रबिधि सम्बन्धी काम, बन तथा बाताबरण एवं भू–संरक्षणको क्षेत्रमा धेरै कामहरु भएका छन् । मानब संशाधनको बिकास र संस्थागत क्षमता बिकासका कार्यक्रमहरु प्रयाप्त मात्रामा भएका छन् भने कृषि तथा पशुपालन, उद्योग, महिला बिकास, बालबालिका सम्बन्धी कार्यहरु पनि आंशिक मात्रामा भएका छन् । 

त्यसैगरी अपांगता भएका ब्यक्तिहरुका लागि, दलित, जनजाती तथा अल्पसंख्यकका लागि ज्येष्ठ नागरिकका लागि र युवा, श्रम तथा रोजगारका लागि संघीय सरकार, प्रदेश सरकार र विभिन्न संघसस्था तथा निकायको सहयोग र समन्वयमा बिशेष कार्यक्रमहरु समेत गरिएका छन् । यसको बिस्तृत बिबरण दशौ अधिबेशनमा जानकारी गराइने छ । समाजमा भइरहेका घरेलु हिंसा, सामाजिक बिबादको उचित ब्यबस्थापन गरी न्यायपालिकाप्रति जनताको बिश्वास जगाउने काम गरिएको छ । 

आदरणीय गाउँ सभाका सभाध्यक्ष ज्यू,
सभाका सदस्य ज्यूहरु,
दाङ जिल्लाको पश्चिम भेगमा रहेको यस बबई गाउँपालिका प्रचुर सम्भावना बोकेको गाउँपालिका हो । कृषि, पशुपालन, बन÷जंगल, नदिनाला, पर्यटन, उद्योग, कलकारखाना आदिको सम्भावनाहरु बोकेको यस गाउँपालिकाले आफ्ना श्रोत र सम्भावनाहरुको प्रभावकारी ब्यबस्थापन र परिचालन मार्फत् समृद्धि हासिल गर्ने दिशामा अग्रसर हुनु आजको आबश्यकता हो ।

यस बबई गाउँपालिकाको बिकास र समृद्धिको अभियानमा गाउँ कार्यपालिका र आम नागरिकको एक्यबद्धता र सहकार्यको जरुरी छ । तसर्थ, बबई गाउँपालिकाले प्रस्तुत गरेको बजेटको प्रभावकारी कार्यान्वयनबाट आम नागरिकका अपेक्षाको सम्बोधान गर्न कार्यान्वयनका चरणमा नागरिकहरुको साथ सहयोग र हौसलाको अपेक्षा गरिएको छ । यसका साथै सम्पूर्ण राजनीतिक दल, बुद्धिजीबि, समाजसेवी, विभिन्न पेशा ब्यबसायी, पत्रकार तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी समेतको सकारात्मक सहयोग रहने छ भन्ने बिश्वास लिइएको छ ।

प्रचुर सम्भावना र अबसर बोकेको गाउँपालिका हुदाहुदै पनि हाम्रा सामु देहाय बमोजिमका चुनौती तथा अबसरहरु रहेका छन् ।

अबसरहरु ः
– आर्थिक रुपमा सक्रिय जनसंख्याको अनुपात उल्लेख्य मात्रामा रहेको ।
– बबई गाउँपालिकामा कृषि उत्पादनका लागि उर्बर जमिन रहेको ।
– पशुपालन ब्यबसायीको प्रसस्त सम्भावना रहेको छ ।
– बन÷जंगल, खानी, जैबिक विविधता एवं भौगोलिक सुन्दरता जस्ता प्राकृतिक श्रोत साधनहरु रहेका ।
– पुरन्धारा झरना, धागे छहरा, रातापैरे, चिसापानी मन्दिर, गौरीशंकर शिबालय मन्दिर जस्ता पर्यटकीयस्थलहरु रहेका ।
– किसानहरुले बैज्ञानिक एवं ब्यबसायिक कृषि प्रणाली अबलम्बन गइरहेको ।
– गाउँपालिकाको आन्तरिक राजश्वको दर तथा दायरा बढ्दै गएको ।
– गाउँपालिका क्षेत्रमा साना, मझौला तथा ठूला उद्योग ब्यबसायमा लगानीकर्ताको आकर्षण बढ्दै गएको ।
– संबिधानबाट नै स्थानीय तहको अधिकारको सुनिश्चतता भएको ।
– आम नागरिकमा परिबर्तित राजनीतिक संरचना र शासकीय स्वरुपप्रति आस्था र बिश्वास बृद्धि हुदै गएको ।

चूनौतीहरु ः
– कोभिड–१९ महामारीलाई नियन्त्रण गर्ने ।
– सामाजिक, आर्थिक साँस्कृतिक असमानताको न्यूनीकरण गरी समतामुलक समाजको निर्माण गर्ने ।
– गाउँपालिका क्षेत्रमा रोजगारीका अबस्था सिर्जना गर्ने ।
– निर्बाहमुखी कृषि प्रणालीलाई रुपान्तरण गरी प्रतिष्पर्धी एवं ब्यबसाय उन्मुख गराउने ।
– स्थानीय उद्योगधन्दा बिस्तार मार्फत् गरिबीको न्यूनीकरण गर्ने ।
– मदिरा तथा लागुऔषध दुब्र्यसन, बिक्री बितरण न्यूनीकरण गरी सभ्य र अनुशासित जनशक्ति निर्माण गर्ने ।

बजेटका उद्देश्यहरु ः
– कोभिड १९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्ने ।
– अर्थतन्त्रको पुनरुत्थान गर्न आर्थिक गतिबिधी एवं बिकास निर्माणका कार्यक्रमलाई तीब्रता दिने ।
– राज्यको लोककल्याणकारी भूमिकालाई सुदृढ बनाउने, सामाजिक सुरक्षा एवं संरक्षण प्रदान गर्ने र सामाजक न्यायसहितको समृद्धि हासिल गर्ने ।
– स्वास्थ्य सेवामा सर्बसाधारणको पहुँच बढाउने ।
– कृषि क्षेत्रको सुधार गरी अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान बढाउने ।
– गुणस्तरिय सीप बिकासको माध्यामबाट रोजगारीका अबसरहरु सिर्जना गरी बेरोजगारी समस्या न्यूनीकरण गर्ने ।
– अधुरा आयोजनाहरु यथासिघ्र सम्पन्न गर्ने ।
– बिकासका पूर्बाधारहरुको निर्माण र सबलीकरण गर्ने ।

माथि उल्लेखित उद्देश्य हासिल गर्न देहाय बमोजिमका प्राथमिकता निर्धारण गरिएको छ ।
– स्वास्थ्य सस्थाको क्षमता अभिकृद्धि, पूर्बाधार बिकास एवं जनशक्ति ब्यबस्थापन ।
– कृषि क्षेत्रको आधूनिकीकरण तथा ब्यबसायीकरण ।
– सीप बिकास तथा रोजगारीको सिर्जना ।
– अधुरा आयोजनाहरुको न्यूनीकरण ।
– गुणस्तरिय पूर्बाधार निर्माण ।
– बजेट तथा कार्यान्वयनमा क्षमता अभिकृद्धि
– जीवनोपयोगी एवं सीपयुक्त शिक्षाका लागि पूर्बाधारमा लगानी ।
– संघ र प्रदेशसंग समन्वय र सहकार्य मार्फत् सन्तुलित बिकास ।
– सबै प्रकारका विभेद र असमानताको अन्त्य, समन्यायिक बिकास र बिकासका प्रतिफलमा न्यायपूर्ण पहुँच ।
– उत्तरदायी शासकीय ब्यबस्था, सुशासन र सेवा प्रबाहमा प्रभावकारीता ।

आदरणीय गाउँ सभाका सभाध्यक्ष ज्यू,
सभाका सदस्य ज्यूहरु,

अब म यस बबई गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७८÷०७९ को अनुमानित आय बिबरण प्रस्तुत गर्दछु ।

बबई गाउँपालिकालाई संघीय सरकार मार्फत् बित्तीय समानीकरण अनुदान रु. दश करोड ८३ लाख, राजश्व बाँडफाडबाट रु. आठ करोड त्रिचालीस लाख छयानब्बे हजार, सशर्त अनुदान रु. सत्र करोड चौबिस लाख, बिशेष अनुदान रु. दुई करोड आठ लाख र समपुरक अनुदान रु. तीन करोड एक लाख प्राप्त भएको छ ।

प्रदेश सरकारबाट बित्तीय समानीकरण अनुदान रु. पचास लाख बयासी हजार, प्रदेश राजश्व बाँडफाड रु. चौसट्ठी लाख त्रिपन्न हजार पाँच सय पैतालिस, प्रदेश सरकार बिशेष अनुदान रु. साठी लाख, प्रदेश सशर्त अनुदान रु. पचासी लाख चवालीस हजार, प्रदेश समपुरक अनुदान रु. एक करोड पचास लाख प्राप्त भएको छ ।

आन्तरिक आय तर्फ रु. एक करोड अठहत्तर लाख पचास हजार, रजिष्ट्रेशन शुल्कबाट रु. बिस लाख अनुमान गरिएको छ भने चालु आर्थिक बर्षबाट बचत हुने रु. तीन करोड पञ्चनब्बे लाख अठ्चालीस हजार पाँच सय पचासी अनुमान गरेको छु । यसरी आगामी आर्थिक बर्ष २०७८÷०७९ को बबई गाउँपालिकाको अनुमानित कुल आय रु. एकाउन्न करोड चौसट्ठी लाख चौहत्तर हजार एक सय तीस रुपैया प्रक्षेपण गरिएको छ ।

राजश्व परामर्श समितिको बैठक बसी आर्थिक बर्ष २०७८÷०७९ का लागि सबै करका दरहरु यथाबत राखिएको छ । साथै उपभोक्ता समिति मार्फत् सञ्चालन हुने आयोजनाहरुको हकमा कुल बजेटको दश प्रतिशत रकम जनसहभागीताबाट ब्यहोर्ने ब्यबस्था गरिएको छ ।

आदरणीय गाउँ सभाका सभाध्यक्ष ज्यू,
सभाका सदस्य ज्यूहरु,
अब म, आर्थिक बर्ष २०७८÷०७९ को अनुमानित ब्याय बिबरण प्रस्तुत गर्दछु ।

बबई गाउँपालिकाको दैनिक कार्य सञ्चालन तथा अन्य प्रशासनिक कार्य, पदाधिकारी तथा कर्मचारीहरुको तलब÷भत्ता लगायतका चालु खर्चमा रु. छ करोड बैसट्ठी लाख छैसट्ठी हजार एक सय तीस रुपैया बिनीयोजन गरेको छु । संघ तथा प्रदेश सरकारबाट पूर्बाधार बिकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा महिला बिकास, उर्जा, बाताबरण, श्रम तथा रोजगारी, यूवा तथा खेलकुदका लागि तय भइ आएका सशर्त अनुदान तथा बिशेष अनुदान रकम सोही रुपमा खर्च गर्ने गरी बिनीयोजन गरेको छु ।

माथि उल्लेखित प्राथमिकता तथा बिषयक्षेत्रका आधारमा आर्थिक बर्ष २०७८÷०७९ का लागि बजेट प्रस्तुत गर्न चाहन्छु ।

क) आर्थिक बिकास

बबई गाउँपालिकाबाट आर्थिक बिकासका लागि विभिन्न क्षेत्रमा गरी तीन करोड छयानब्ब लाख बिस हजार रकम बिनीयोजन गरिएको छ ।
१. कृषि
बबई गाउँपालिकाको कृषि बिकासका लागि सशर्त बजेट बाहेक रु. पैतीस लाख रकम बिनीयोजन गरिएको छ ।

२. पशुपंक्षी बिकास
बबई गाउँपालिकालाई पशुपालन ब्यबसायमा आत्मनिर्भर गराई पशुपंक्षीको उत्पादन बृद्धि गरी आम नागरिकको जीवनस्तर सुधार गर्नका लागि सशर्त बजेट बाहेक रु. पैतीस लाख रकम बिनीयोजन गरिएको छ ।

३. उद्योग तथा बाणिज्य

४. पर्यटन
पर्यटकीय क्षेत्रहरुको बिकास र बिस्तार गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नका लागि पर्यटन बिकासमा रु. अठहत्तर लाख बजेट बिनीयोजन गरिएको छ ।

५. सहकारी
स्थानीयस्तरमा रहेका श्रम, सीप, पुजी र प्रबत्तीको बिकास र बिस्तार गर्न सहकारी क्षेत्रका लागि आबश्यक रकम बिनीयोजन गरिएको छ ।

ख. सामाजिक बिकास
बबई गाउँपालिकाको सामाजिक बिकास अन्तर्गत यसक्षेत्रमा रु चार करोड छब्बीस लाख सत्चालीस हजार बजेट बिनीयोजन गरिएको छ ।

१. शिक्षा
“हामी सबैको ईच्छा, निःशुल्क र गुणस्तरिय शिक्षा” अबधारण अनुरुप बबई गाउँपालिकाको शैक्षिक बिकासका लागि सशर्त बाहेक रु. एक करोड सैत्तीस लाख बजेट बिनीयोजन गरिएकोृ छ । यसमा नियमित प्रकृतीका तलब÷भत्ता तथा प्रशासन खर्च समेत संलग्न गरिएको छ । यसै बर्ष अन्य बिद्यालयको समेत भौतिक पूर्बाधार सुधारका लागि आबश्यक रकम बिनीयोजन गरिएको छ । यस गाउँपालिका अन्तर्गतका सामुदायिक बिद्यालयमा कार्यरत ४५ जना बालबिकास सहजकर्ता, ६ जना बिद्यालय सहायक कर्मचारी र ३३ जना बिद्यालय सहयोगी कर्मचारीहरुले न्यून पारिश्रमिकबाट सेवा गर्दै आएकोमा हाल संघीय सरकारले मासिक २०००।– मात्र थप गरेकोले उनीहरुको कामको उच्च मुल्यांकन गर्दै श्रम ऐनलाई समेत आधार मानेर थप पारिश्रमिकको ब्यबस्था गरिएको छ ।

२. स्वास्थ्य
बबई गाउँपालिकाको स्वास्थ्यका लागि एक करोड तीन लाख चौध हजार रकम बिनीयोजन गरिएको छ । बबई गाउँपालिका अन्तर्गतका स्वास्थ्य सस्थाका लागि आबश्यक रकम बिनीयोजन गरिएको छ । नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका ३५ प्रकारका औषधीको अतिरिक्त थप औषधी निःशुल्क उपलब्ध गराउने उद्देश्यसहित सर्जिकल सामग्री, ल्याब उपकरण तथा औषधी खरिदका लागि समेत आबश्यक रकम बिनीयोजन गरिएको छ । “स्वस्थ आमा, स्वस्थ बच्चा” भन्ने नारासहित नवजात शिशु मातृ मृत्यु दरलाई कम गर्न “सुत्केरी पोषण उत्प्रेणा कार्यक्रम” मार्फत् सरकारी स्वास्थ्य सस्थाहरुमा सुत्केरी हुने आमाहरुलाई रु. दुई हजारका दरले प्रोत्साहन भत्ताको ब्यबस्था गरिएको छ ।

३. खानेपानी तथा सरसफाई
गाउँपालिका क्षेत्रमा “एक घर, एक धारा” नीति अनुरुप स्वच्छ तथा सहज रुपमा खानेपानीको प्रबन्ध गर्न तथा सरसफाईका लागि बिस लाख त्रिरासी हजार बजेटको ब्यबस्था गरिएको छ ।

४. सस्कृती
सस्कृती संरक्षण तथा विभिन्न स्थानका साँस्कृतिक सम्पदा संरक्षण तथा यहाँको दलित, मगर र थारु समुदायका सस्कृती संरक्षणका लागि दलित संग्रहालय निर्माण, अन्य चाडपर्ब, महोत्सब सञ्चालनका लागि आबश्यक बजेट बिनीयोजन गरिएको छ ।

५. युुवा तथा खेलकुद
बबई गाउँपालिकामा युवा तथा खेलकुद बिकासका लागि त्रिचालीस लाख रकम बिनीयोजन गरिएको छ । यसका लागि बबई युवा तथा खेलकुद परिषद् मार्फत् गाउँपालिका र वडास्तरिय खेलकुद प्रतियोगीता, युवा बिकासका कार्यक्रम सञ्चालनका लागि आबश्यक रकम बिनीयोजन गरिएको छ ।

६. लैंगीक समानता तथा समाबेशीकरण
लैंगीक समानता तथा सामाजिक समाबेशीकरणका लागि गाउँपालिकाको कार्यालय मार्फत् कार्यक्रम सञ्चालन गर्नका लागि रु. छयालीस लाख बिनीयोजन गरिएको छ । ती कार्यक्रमहरुले लैंगीक हिंसा अन्त्य र सामाजिक न्याय स्थापित गर्न सहयोग पु¥याउने छन् भन्ने बिश्वास लिएको छु । लैंगीक सशक्तीकरण, महिला बालबालिका, दलित, ज्येष्ठ नागरिक, आदिबासी जनजाती लगायतका पिछडियका बर्गको उत्थानका लागि बजेटमा जोड दिएको छु । हिंसापिडित महिला तथा बालबालिकाको अल्पकालीन सुरक्षा र न्यायका लागि सेफ हाउस सञ्चालन र उपचार खर्चको लागि बजेटको ब्यबस्था गरिएको छ ।
ग. पूर्बाधार बिकास
सवल अर्थतन्त्रको आधार, भौतिक पूर्बाधार भन्ने अबधारणा अनुरुप बबई गाउँपालिकाको पूर्बाधार बिकासका लागि कुल सात करोड सन्तानब्बे हजार रुपैया बिनीयोजन गरिएको छ ।

१. सडक, पुल तथा झोलुंगे पुल
यसबर्ष सडक, पुल तथा झोलुंगे पुलका लागि कुल दुई करोड एक्तीस लाख एक्चालीस हजार रुपैया बिनीयोजन गरेको छु । यस आर्थिक बर्षमा गत आर्थिक बर्षका केही गौरवका आयोजनाहरुलाई निरन्तरता दिएको छु । पञ्चकुलेदेखि चरकमटिया सडक, हापुरे सहिदगेटदेखि उत्तरतर्फको सडक, बबई मार्ग, गंगालाल मार्ग, सल्लीकोट पातीहाल्ना सडक, ज्वाला मार्ग, मनमोहन चक्रपथको सितापुर खण्ड सडक कालोपत्रे गर्ने, गौरवका आयोजनाहरुका लागि आबश्यक रकम बिनीयोजन गरिएको छ ।

२. सिचाई
कृषि अर्थतन्त्रका लागि सिचाईको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसैले यस बर्ष विभिन्न सिचाई आयोजनाहरुमा दुई करोड चौध लाख साठी हजार रकम बिनीयोजन गरेको छु । कुला निर्माण, लिफ्ट सिचाई, डिप बोरिङ, सिचाई बाँधहरुको निर्माण गरी किसानलाई सहज रुपमा सिचाई सुबिधा पु¥याउन आबश्यक रकम बिनीयोजन गरिएको छ ।

३. भवन तथा शहरी बिकास
गाउँपालिका क्षेत्रभित्र ब्यबस्थित भवन तथा शहरी बिकासका लागि कुल अन्ठाउन्न लाख पचास हजार रकम बिनीयोजन गरिएको छ ।

४. उर्जा
“हाम्रो बबई, उज्यालो बबई” अबधारणालाई सार्थक बनाउन गाउँपालिकाका बस्तीहरुलाई उज्यालो बनाउन आबश्यक रकम बिनीयोजन गरिएको छ । यस आर्थिक बर्षमा गाउँपालिका क्षेत्रमा बिद्युत् बिस्तारका लागि आबश्यक तार, पोल लगायतका सामग्री खरिदका लागि आबश्यक रकम बिनीयोजन गरिएको छ ।

५. सञ्चार
स्थानीय तहको निर्बाचन पश्चात निर्बाचित जनप्रतिनिधिले हालसम्म गरेका बिकास निर्माण, अन्य काम र क्रियाकलापलाई समेटेर तयार गरिएको गतिबिधीका आधारमा जनतासंग जनप्रतिनिधि रेडियो कार्यक्रम सञ्चालन गर्न तथा सुचना तथा संचार क्षेत्रको प्रर्वधन र विकासका लागि स्थानीय एफ.एम. रेडियो, नेपाल पत्रकार महासंघ र विभिन्न सञ्चार संगठन र पत्रपत्रिकालाई प्रोत्साहनका कार्यक्रमहरु संचालन गर्न आबश्यक बजेट ब्यबस्था गरिएको छ ।
घ. बाताबरण संरक्षण तथा बिपद् ब्यबस्थापन
बाताबरण तथा बिपद् ब्यबस्थापन गर्न गाउँपालिका तथा वडास्तरिय आयोजनाका लागि कुल पच्चीस लाख रकम बिनीयोजन गरिएको छ ।
१. बन तथा भू–संरक्ष्ण
“हरियो बन, बबईको धन” भन्ने मुल नारालाई मध्यनजर गरी स्वच्छ, सुन्दर र हरियाली गाउँपालिका बनाउन ग्रीन पार्क निर्माण, बृक्षारोपण तथा संरक्षणका लागि आबश्यक रकम बिनीयोजन गरिएको छ ।

२. जलाधार संरक्षण
बबई गाउँपालिकाभित्र रहेका ठाडा चिराको पानीको श्रोतलाई बचाई राख्न जलाशय निर्माण, लिफ्ट सिचाई आयोजना, मुहान संरक्षण जस्ता कार्यक्रमलाई आबश्यकताका आधारमा सञ्चालन गर्न आबश्यक रकम बिनीयोजन गरिएको छ ।

३. बाताबरण संरक्षण
एक वडा एक पार्क, एक ब्यक्ति एक फलफूल बिरुवा रोपण अभियानलाई सार्थक बनाउन आबश्यक रकम बिनीयोजन गरिएको छ ।

४. जलबायू परिवर्तन
वन तथा वातावरण संरक्षण गर्न जलवायू परिवर्तन न्यूनिकरण तथा अनुकुलन कार्यक्रमहरु सञ्चालन गर्न आबश्यक रकम बिनीयोजन गरिएको छ ।

५. फोहरमैला तथा ढल ब्यबस्थापन
गाउपालिकाका विभिन्न स्थानहरुबाट सङ्कलन गरिने फोहरमैला को उचित ब्यबस्थापन गर्न डम्पिङ साइटको व्यवस्थापनका लागि चौध लाख रकम बिनीयोजन गरिएको छ ।
६. जल उत्पन्न प्रकोप नियन्त्रण
बबई गाउँपालिकामा रहेका बबई नदि, च्याटी खोला, ट्वाङ खोला, बहुला खोला, राजीखरे खोला, सुसाउने खोला, चिसापानीखोला, कल्लेरी खोला र मलई खोलामा तटबन्धका लागि आबश्यक रकम बिनीयोजन गरिएको छ ।

७. बिपद ब्यबस्थापन
गाउँपालिकाभित्र बिपद् ब्यबस्थापन तथा आकस्मिक कार्य सञ्चालनका लागि, बिपद् ब्यबस्थापन कोषका साथै कोरोना भाइरस नियन्त्रण तथा नागरिकको जीवन रक्षाका लागि पन्ध्र लाख रकम कोरोना कोषका लागि बिनीयोजन गरिएको छ ।
ङ. सस्थागत बिकास, सेवा प्रबाह र सुशासन
बबई गाउँपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान हुने सेवा सुबिधाहरु छिटो छरितो, मितब्ययी र पारदर्शीले रुपले प्रबाह गर्न, गाउँपालिकाको दैनिक कार्य सञ्चालन तथा अन्य प्रशासनिक कार्य, पदाधिकारी तथा कर्मचारीहरुको तलब÷भत्ता लगायतका सेवा सुबिधा तथा गाउँपालिकाको सस्थागत बिकास, सेवा प्रबाह र सुशासनका लागि कुल तीन करोड पच्चीस लाख रकम बिनीयोजन गरिएको छ ।

१. सामान्य सेवा
गाउँपालिकाबाट प्रबाह गरिने सेवालाई छिटोछरितो, प्रबिधियुक्त र नागरिकमैत्री बनाउनका लागि आबश्यक बजेट ब्यबस्थापन गरिएको छ । कर्मचारीमा उच्च मनोबलसहित कार्य गर्न वातावरण तयार गर्न कर्मचारीहरुलाई मासिक तलबमा स्थायी तथा करार कर्मचारी सबैलाई मासिक तलबमा रु. दुई हजारका दरले बृद्धि गरिएको छ । साथै संघीय सरकार र प्रदेश सरकारको नीति अनुरुप सबै कर्मचारीलाई दश दिन बराबरको पर्यटन काज दिई सुरु तलब स्केलको दश दिन बराबरको रकम उपलब्ध गराइने छ ।
२. सुरक्षा ब्यबस्थापन
बबई गाउँपालिकाको सुरक्षा ब्यबस्थापनलाई प्रभावकारी बनाउन नगर प्रहरीको ब्यबस्थापनका लागि आबश्यक बजेट बिनीयोजन गरिएको छ । त्यसैगरी ईलाका प्रहरी कार्यालय खिलतपुरको पर्खाल निर्माणका लागि पाँच लाख बजेट बिनीयोजन गरिएको छ ।

३. सुचना प्रबिधि
गाँउपालिकाबाट प्रदान गरिने सार्बजनिक सेवालाई प्रबिधिमैत्री बनाउन ई–गभर्नेन्स (प्रशासनिक भवन र बजारक्षेत्रमा सिसि क्यामरा जडान, सस्कृती, पर्यटनको प्रबद्र्धनका लागि पालिकाभित्रका मुख्य बजारमा डिजीटल माध्यामबाट दृश्याबलोकनको ब्यबस्था, सबै वडा कार्यालय, स्वास्थ्य सस्था र बिद्यालयहरुमा प्रबिधिको बिस्तारका लागि आबश्यक बजेट ब्यबस्था गरिएको छ ।
४. सामाजिक सुरक्षा तथा पञ्जीकरण ब्यबस्थापन
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण सेवा इकाईका कर्मचारीहरुको एक चौमासिकको पारिश्रमिक श्रोत साझेदारीका लागि आबश्यक बजेट ब्यबस्थापन गरिएको छ । बबई गाउँपालिकाका सम्पुर्ण वडाहरुमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता पुर्णरुपमा अनलाईनबाट दर्ता गराउन पंजिकरण सम्बन्धि तालिम र घटना दर्ता तथा सामाजिक सुरक्षाका सम्बन्धमा गाउँपालिका तथा वडा कार्यालयका कर्मचारीहरुका लागी तालिम र जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न आबश्यक बजेट ब्यबस्था गरिएको छ ।

५. सुशासन प्रबद्र्धन
गाउँपालिकाको कामलाई थप प्रभावकारी र उत्तरदायी बनाउन बार्षिक समिक्षा, सार्बजनिक सुनुवाई जस्ता कार्यक्रम सञ्चालन गर्न आबश्यक बजेट ब्यबस्थापन गरिएको छ ।
च. बिबिध
घरेलु हिंसाको प्रमुख कारककोरुपमा मानिने घरेलु मदिराको उत्पादन र बिक्रि बितरणलाई निरुत्साहित गर्न अबैध मदिरा नस्ट गर्ने अभियान सञ्चालन गर्न आबश्यक बजेट ब्यबस्थापन गरिएको छ । गाउँ पालिकामा रहेको न्यायिक समितिको कामलाई प्रभावकारी, व्यवस्थित र चुस्तदुरुस्त बनाउन प्रत्येक वडामा रहेका मेलमिलापकर्ताहरुलाई आबश्यक तालिम उपलब्ध गराई वडाबाट नै बिबाद समाधान गर्न आबश्यक बजेटको ब्यबस्था गरिएको छ ।

भूमिहिन सुकुम्बासी र अब्यबस्थित बसोबासीको समस्या समाधान गर्न लगत संकलन ईकाईका लागि तीस लाख रकम बिनीयोजन गरिएको छ ।

आदरणीय गाउँ सभाका सभाध्यक्ष ज्यू,
सभाका सदस्य ज्यूहरु,
बबबई गाउँपालिकाले लामो गृहकार्य र अथक मेहनतका साथ तयार पारेको यो बजेट तथा कार्यक्रममा चाहादाचाहदै धेरै योजना तथा कार्यक्रमहरु समेट्न सकिएको छैन । एकातिर नागरिकका असिमित आबश्यकता र चाहाना अर्कोतिर उपलब्ध श्रोत र साधनको सिमितताका बाबजुद सबै क्षेत्र र भुगोललाई समेट्ने गरी यो बजेट प्रस्तुत गरेको छु । सबै अपेक्षाहरु पूरा गर्न सकिएको छैन । आगामी दिनमा नागरिकका बृहत्तर हितलाई ध्यानमा राखेर कार्य गर्न बबई गाउँपालिका सधै प्रयत्नशील रहने छ ।

अन्त्यमा, आर्थिक बर्ष २०७८÷०७९ को गाउँपालिकाको बार्षिक बजेट तर्जुमा गर्ने सन्र्दभमा सल्लाह, सुझाव, मार्गदर्शन तथा सहयोग पु¥याउनु हुने गाउँपालिकाका अध्यक्ष ज्यू, सम्पूर्ण वडाका वडा अध्यक्ष ज्यूहरु, बिषयगत समितिका संयोजक ज्यूहरु, कार्यपालिकाका सम्पूर्ण सदस्य ज्यूहरु, गाउँसभाका सदस्य ज्यूहरु तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, समाजसेवी, बुद्धिजीबि, गैरसरकारी सस्था, सुरक्षा निकाय, पत्रकार एवं आम बबई गाउँपालिकाबासी लगायत प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पु¥याउनु हुने सबैमा हार्दिक धन्यबाद दिन चाहन्छु ।

बजेटको सफल कार्यान्वयनका लागि सबै पक्षको साथ, सहयोग र सहकार्य रहने छ भन्ने अपेक्षा गरेको छु । धन्यबाद ।
श्री सावित्री विश्वकर्मा
(उपाध्यक्ष)
मिति ः २०७८÷०३÷१०

तपाईंको प्रतिक्रिया