दंगीशरणको बजेट ४७ करोड ३३ लाख

 असार १०, २०७८

दिप्तीशिखा चौधरी, दंगीशरण ।
दंगीशरण गाउँपालिकाले आ.ब. २०७८/०७९ का लागि ४७ करोड ३३ लाख ६७ हजार ८ सय ७३ रुपैयाको बजेट गाउँपालिकामा प्रश्तावित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष पिमाकुमारी खड्काले गाउँसभामा बजेट प्रस्तुत गर्नुभएको हो । उहाँले संघिय सरकारको बजेट मार्फत दंगीशरण गाउँपालिकालाई बित्तिय समानीकरण अनुदानअन्तर्गत रु ९ करोड ९१ लाख, सशर्त अनुदान अन्तर्गत रु. १५ करोड ३३ लाख, राजश्व वाँडफाँड बाट रु. ६ करोड ७५ लाख ५८ हजार रुपैँया बेहोर्ने उल्लेख गर्नुभयो ।

यस्तै प्रदेश सरकारबाट बित्तिय समानीकरण अनुदानअन्तर्गत रु. ४६ लाख ९ हजार, प्रदेश सशर्त अनुदान अन्तर्गत रु. ८५ लाख ४४ हजार, प्रदेश सरकार विशेष अनुदान ६० लाख, प्रदेश समपुरक अनुदान १ करोड ५० लाख, प्रदेश राजश्व वाडफाट ४९ लाख ६७हजार ६ सय ५३ रुपैया रकमआउँने अनुमानगरिएको छ । यसैगरी आन्तरिक आयतर्फ रु. ८५ लाख, बन रोल्टी ३६ हजार ८ सय, अन्य तहबाट प्राप्तअनुदान५ लाख ३ हजार ८ सय ७३ रुपैया आउने अनुमानगरिएको छ ।

यस्तै साविक जि.वि.स. कोषको बचत हुने २ करोड ६५ लाख २० हजार, चालु आ.ब. समपुरक बचत २ करोड ४१ लाख, जि.स.स. समपुरक कोषको समपुरक बचत १ करोड ८० लाख, सितभण्डार समपुरक बचत ७८ लाख र यस आ.ब.को अनुमानित बैंक मौज्दात २ करोड ८८ लाख २८ हजार ४ सय ७२ हुने अनुमानगरिएको छ । गाउँपालिकाले कोरोना भाईरस रोकथाम ,कृषि, सिचाई, रोजगार तथाविकाशका कामलाई प्राथमिक्तामा राखेर वजेट प्रश्तुत गरेको जनाएको छ ।

कोभिड १९ को महामारी नियन्त्रण गर्न तथाजनताको जिवन रक्षाका लागि रु. ३० लाख रुपैया कोरोना कोषका लागि छुट्याएको छ ।

तपाईंको प्रतिक्रिया