आयोगले १४ जनप्रतिनिधिको पद रिक्त भएको सूचना निकाल्यो

 असार ११, २०७८

काठमाडौं ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । माओवादीबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जनप्रतिनिधीको पद रिक्त भएको सूचना निर्वाचन आयोगले निकालेको हो ।

पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । ७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।

तपाईंको प्रतिक्रिया