कोरोनाको डेल्टा भेरियन्ट ८५ देशमा फैलियो

 असार ११, २०७८

तुलसीपुर ।
कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेप्रतिविश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ताव्यक्त गरेको छ । अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको डब्लूएचओले जनाएको छ । पछिल्लो दुईहप्तामामात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको उल्लेख गर्दै संगठनले अहिलेसम्मकोरोनाको अल्फा भेरियन्ट एक सय ७० देशमा, बिटा भेरियन्ट एक सय १९ देशमा र गामा भेरियन्ट ७१ देशमा फैलिएको जानकारी दिएको छ ।

डब्लूएचओले कोरोनाभाइरसको संक्रमण फैलाउने अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टको निगरानीगर्न थालेको उल्लेख गर्दै अल्फा भेरियन्टभन्दा डेल्टा तीव्र गतिमा फैलेने गरेको पाइएको जनाएको छ ।

तपाईंको प्रतिक्रिया