मेट्रो अस्पतालमा बिरामी शुन्य

 भदौ ०३, २०७८

तुलसीपुर । तुलसीपुरको मेट्रो अस्पतालबाट बुधवार थप दुई कोरोना संक्रमित बिरामी निको भै डिस्चार्ज भएका छन । हाल अस्पतालमा बिरामीको संख्या शुन्य रहेको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभएको छ । अस्पतालमा हाल सम्म अस्पतालमा १ सय ७९ जना भर्ना भएका थिए ।

विरामीको संख्या शुन्य भएसगै अब अस्पतालमा केहि दिन अक्सीजन पाईपलाईन मर्मत , वार्ड पार्टिसन , बालबालिकाको लागी वार्ड स्थापना ,तथा अन्य व्यवस्थापनका क्रियाकलापमा गरिने केसीले जानकारी दिनुभएको छ । यसका साथै दैनिक संकास्पद लक्षण भएका व्यक्तिहरुको भने कोरोना परिक्षण निःशुल्क भै रहेको छ ।

तपाईंको प्रतिक्रिया