नेष्डो समृद्ध लघुवित्तले आइपिओ जारी गर्दै

 फागुन ०४, २०७८

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि यही फागुन ११ गतेदेखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन९आइपिओ०को बिक्री खुला गर्ने लागेको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई र जारी पुँजी ९रु २५ करोड ५०लाख०को शुन्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ७४ हजार ५६३ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

सर्वसाधारणले फागुन १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी फागुन २५ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया