अभिनेत्री सुरक्षा पन्तले गरिन् इन्गेजमेन्ट

 फागुन २४, २०७९

अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छन्।

उनले अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन्। सुरक्षाले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएकी छन्।

‘आजबाट नयाँ अध्याय सुरू हुँदैछ। हामी धेरै खुसी छौं। आशिर्वाद दिनुहोला,’ उनले लेखेकी छन्।

मानवले फिल्म ‘अन्तराल र चिनी कम रङ कडा’ मा अभिनय गरेका छन्। यतिबेला उनी छोटा फिल्म निर्देशन गर्दैछन्।

तपाईंको प्रतिक्रिया