दर्शककाे मायाले नयाँ उर्जा थपेको छ : नायक पल शाह

 चैत ११, २०७९

दाङ । अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफूलाई चलचित्र क्षेत्रमा नयाँ जोस जागर आएको बताउनुभएको छ । दर्शकले गरेको माया र सद्भावलाई आत्मसाथ गरी अगाडि बढ्ने उहाँको भनाइ छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार घोराहीमा गरेको स्वगत सम्मान तथा साक्षात्कारमा कार्यक्रममा बोल्दै शाहले भन्नुभयो, विगत एक वर्षदेखि आफू ओझेलमा हुँदा पनि आम दर्शक र गृह जिल्ला बासीले गरेको माया र साथलाई कहिले पनि भुल्दिन, याे मायालाई आत्मसाथ गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफूलाई विभिन्न क्षेत्र बाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा माया गर्ने दर्शकहरुलाई धन्यबाद पनि दिनुभएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रमकाे सहजीकरण संघकाे सचिव निरला अर्यालले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया