चलचित्र नम्बरी सुन: च्यारीटी शो सगैं चलचित्र पत्रकारको साक्षात्कार

 असार ३१, २०८०

दाङ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले चलचित्र नम्बरी सुनका निर्देशक राजु गिरी, निर्माता नारायण खाति, कलाकारहरु कंगना गिरी, काजल गिरी संग घोराहीमा साक्षात्कार कार्यक्रमकाे आयोजना गरेको छ । कार्यक्रममा बोल्दै चलचित्र नम्बरी सुनका निर्देशक राजु गिरीले  समाजमा सकारात्मक सन्देश दिने सचेतनामूलक चलचित्रहरु निर्देशन गर्दै आएको र समाजमा विद्यमान जातीय भेतभावको कथावस्तुलाई चलचित्रमा समेटिएको बताए । चलचित्र पनि पारिवारिक प्रेम कथामा आधारित रहेकाे बताए ।

कामका आधारमा निर्धारण गरिएको जातीय व्यवस्थाले मान्छे मान्छे बीचमा विभेदको अवस्था सिर्जना गरेको र त्यही विभेदले विभिन्न खाले घटनाहरु निम्त्याएको बताउदै, नम्बरी सुनमा पनि जातीय विभेदको गलत चिन्तन व्याप्त हुदा अन्तरजातीय प्रेम तथा विवाह सम्बन्ध र ती जोडीको परिवार तथा समुदायमा भइरहेका अप्रिय घटनाहरुको बारेमा देखाउन खोजेका बताए । गौरव पहाडी, नम्रता सापकोटा, राजाराम पौडेल, बुद्धि तामाङ, विनोद न्यौपाने, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र आगामी भदौ १ गतेदेखि देशभरका सिनेमा हलहरुमा प्रदर्शन हुने बताए ।

चलचित्र प्रदर्शन हुने दिन नजिकिदै गर्दा नेपाल सुनचाँदी व्यावसायिक संघ दाङकाे आयोजना घोराहीमा च्यारेटी शाेकाे आयोजना गरिएको थियाे । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षता भएको कार्यक्रममा बोल्दै निर्माता तथा कलाकार नारायण खातीले सुनकाे बिषयबस्तुलाई सामाजसग जाेडेर चलचित्रका माध्यमबाट देखाउन खाेजेकाे बताए ।  कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी, सचिव आरके शीतललगायतले बोल्नुभएको थियो । संघका सदस्य एकराज भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया