अहिलेका चर्चित तीज गित: कमाउने-रमाउने सगैं आमाले भाग्य लेख्ने कुरा

तुलसीपुर । यस बर्षको तीजका गीत सार्वजनिक हुने क्रम अझै जारी छ । हाल सम्म युट्युबमा सार्वजनिक दर्जनौं तीज गीतमध्ये केहीले राम्रो चर्चा समेत पाइरहेका छन भने टिकटकमा समेत भाइरल बनेका छन । हाल चर्चामा रहेका केहि गितबारे हामिले चर्चा गरेका छौ ।
१. कमाउनेनी हो रमाउनेनी हो
यो गीतले यस बर्ष राम्रो चर्चा पाएको छ । असार २७ मा सार्वजनिक गितले युट्युवमा हाल सबै भन्दा बढि भ्युज पाएको छ । यसले ७० लाख ८८ हजार भ्युज पाएको छ ।
खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गितमा लाखौले टिकटक समेत बनाएका छन । नेत्र अर्यालको शव्द र सेन्चुरीको लय रहेको गितमा प्रकाश सपुत र जुना विकको अभिनय छ ।
२. ओई सुन्तली
अहिले टिकटकमा चर्चा बटुलेको बेलैमाथि घर आउँछन्, बाहिर पनि जाँदैनन्,मेरा त बुढाले रक्सी खाँदैनन् ,,,यो लाईनको गितमा हजारौंले टिकटक भिडियो बनाएका छन् । यद्यपी यो गित यो बर्ष आएको हैन । यो २०७० को ‘ओई सुन्तली’ शीर्षकको तीज गीत हो । गायिकाद्वय जमुना सनम र रीता केसीसँगै गायक कुशल बेल्बासेको स्वर रहेको गीत म्युजिक नेपालको युट्युबमा ९ वर्षअघि सार्वजनिक छ ।
गीतका शब्दहरू पनि गायिका जमुना सनमकै हुन् । गीत टिकटकमा हिट भएसँगै युट्युबमा भिडियो खोजेर हेर्ने दर्शकहरू समेत बढिरहेका छन् । अहिले १० लाख ९४ हजार भ्युज पाएको छ भने थुप्रै प्रतिक्रिया आएका छन ।
३. किन बोलाउदैन
यस्तै साउन १ गते सार्वजनिक पशुपती शर्माको किन बोलाउदैन भन्ने गितले पनि चर्चा बटुलेको छ ।
युट्युबमा यो गितले १० लाख भ्युज पाएको छ । पशुपती शर्मा र सम्झना भण्डारीको स्वर रहेको छ ।
४ . छैन मलाई सुख
चेलीको कथा ब्यथालाई समेटिएको तीज गित छैन मलाई सुख पनि टिकटकमा चर्चा बटुलेको छ । आमाले भाग्य लेख्न मिल्ने भाको भा, लेख्थीन होला सुख पाउथिन कि दुख यो लाईनले धेरैको मन छोएको छ ।
जन्मदिने बुवा आमाले छोरीलाई सुख मिलोस भन्ने चाहेपनि दुख पाउदाको भोगाइ गितमा समेटिएको छ । यो गितमा चर्चित गायीका शान्तीश्री परीयारको स्वर छ भने लय शव्द प्रेम सापकोटाको रहेको छ । यो गितले युट्युवमा साउन ११ गते सार्वजनिक भएको यो गीतले ७ लाख १२ हजार भ्युज पाएको छ ।
५.पुतली भुरुभुरु
कुनैबेला ह सारीले नेपालको धुलो उडायो भन्ने गितका गायक तिलक वलीले यतिबेला पुतली भुरुभुरु भन्ने गित ल्याएका छन । आफ्नो लय शव्द तथा गायक पशुपती शर्मा र सुनिता मगरको स्वरमा रहेको यो गितले पनि छोटो समयमा चर्चा बटुलेको छ ।
साउन १० मा सार्वजनिक गितमा दारी राम्रा मेरै जुगाँ राम्रा मेरै भन्ने गित टिकटकमा चर्चित बनेको छ । अमेरीमा रहेका गायक तथा सर्जक तिलक वलीले म हिडे अमेरीका मेरी भुपु माया धुरुधुरु भन्ने यो गितले हाल ६ लाख ९७ हजार भ्युज पाएको छ ।
६. गौरी
असार १८ गते सार्वजनिक यो गितमा धेरैले टिककट बनाएका छन । भेट हुन मन लाउदैन र भन्ने गितमा धेरैले टिकटक बनाएका छन । खुमन अधिकारी र शान्तीश्री परियारको स्वर रहेको यो गितमा अधिकारीकै लय छ भने प्रसाद लामिछानेको शव्द रहेको छ ।
यो गितले हाल ६ लाख ४९ हजार भ्युज पाएको छ । गितमा खुमन अधिकारी र अञ्जली अधिकारीको अभिनय छ ।
७ . मायाले त हो नी
अघिल्लो वर्ष झमझम झम्कना , वर्षको उत्कृष्ट तीज गीत बनेको थियो । यो वर्ष पनि भागिरथ चलाउनेले मायाले त होलाु तीज गीत सार्वजनिक गरेका छन् । यो वर्षको गित पनि चर्चामा आउन थालेको छ ।
साउन ११ गते सार्वजनिक यो गितले ४ लाख ८१ हजार भ्युज पाएको छ । यो गितमा चलाउने र सुनिता बुढाको स्वर रहेको छ भने आफ्नै शव्द लय पनि चलाउनेकै छ ।
तपाईंको प्रतिक्रिया