दिपक कुमालको तीज गीत ‘भो फुपै लाउदिन’ सार्वजनिक

 साउन २२, २०८०

तुलसीपुर । तीजको अवसर पारेर सञ्चारकर्मी दिपक कुमालले ‘भो फुपै लाउदिन’ बोलको गित ल्याएका छन । कुमालको शब्द रहेको तिज गितमा स्वर टीका पुन र सिनम अधिकारीको रहेको छ । गितको भिडियोमा मोडेल आरुसी मगर,मनकुमारी विक लगाएतको अभिनय रहेको छ । दिपकको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको भिडियोलाई झग्गु भण्डारीले निर्देशन गरेका हुन ।

यसैविच उक्त गीतको आज सार्वजनिक गरिएको छ । चलचित्र पत्रकार सघं दाङले सोमवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि कुमालको तिज गित ‘भो फुपै लाउदिन’ सार्वजनिक गरेको हो ।

चलचित्र पत्रकार सघं दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीले पछिल्लो समय भड्किलो बन्दै गएकोमा संस्कृतीलाई यस गितले सकारात्मक सन्देश दिएको बताएका थिए । चलचित्र पत्रकार सघं दाङका कोषाध्यक्ष भुपेश वलि स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन ।

तपाईंको प्रतिक्रिया